---Advertisement---

विप्लवका मुस्ताङ इन्चार्ज ‘फिल्टर’ पक्राउ

On: February 25, 2021 11:22 PM
Follow Us:

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुस्ताङका जिल्ला इन्चार्ज पदम पुन (फिल्टर)लाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिका– १ निस्कोट र रुम आसपासका क्षेत्रमा रहेको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले पुनलाई पक्राउ गरेको हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरहरुमा आक्रमण, चन्दा असुली सहित संगठित अपराध मुद्धा सहित प्रहरीले फरारको सुचीमा राखेर खोजीकार्य गरिरहेको अवस्थ प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले समेत पुष्टी गर्नुभएको छ ।

‘स्वास्थ्य परीक्षण गरिएको छ, अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाउँछौ’ प्रनाउ राईले भन्नुभयो । तत्कालिन नेकपा माओवादीको जनयूद्ध, शान्ति प्रक्रियामा आएपछि माओवादी विभाजनसँगै विप्लवमा लाग्नुभएका फिल्टरले लामो समयदेखि विप्लव नेतृत्वको नेकपाका मुस्ताङ इन्चार्जको जिम्मेबारी सम्हाल्दै आउनुभएको थियो ।

मुस्ताङ कार्यक्षेत्र भएपनि पश्चिम म्याग्दीमा सक्रिय रहनुभएका फिल्टरको पक्राउ बारेमा हालसम्म नेकापले कुनै प्रतिक्रिया दिएको छैन् । सरकारले नेकपालाई प्रतिवन्ध लगाएपछि म्याग्दीका नेताकार्यकर्ता भूमिगत छन् ।