रुखबाट लडेर घाइते भएका बिरामी सवार जिप दुर्घटना हुँदा म्याग्दीमा एकको मृत्यु र चार जना घाइते भएका छन्। मालिका-३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप बेनी–दरवाङ सडक अन्तरगत बेनी –४ फापरखेतमा बिहीबार राति दुर्घटना भएको थियो।

मालिका–३ का ६२ वर्षीय गोबिन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताए।

‘रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजादै गरेको जिप सडकदेखि करिब ५० मिटर तल म्याग्दी खोलामा खसेर दुर्घटना भएको हो,’ उनले भने ‘घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि रातीनै पोखरा रिफर गरिएको छ।’

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रबिन्द्र रोका, २० वर्षीय रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ। चालक बाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन्।

Leave a Reply