नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बेनी नगरपालिका-८, बेनीमा पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार गरेको छ । शुक्रबार बेनीमा आयोजित कार्यक्रम आर्यन भण्डारीको अध्यक्षतमा १८ सदस्यीय तरुण दल विस्तार गरिएको हो । उपाध्यक्ष निरज राम्जाली, सचिव विक्की विश्वकर्मा, कोषाध्यक्ष दिपेन खड्का रहेका छन् ।

वडाभित्र पार्टीगत तथा सामाजिक कार्यमा सक्रिय हुने गरी तरुण दलले भूमिका खेल्नुपर्नेमा पार्टी उपसभापति माधवप्रसाद रेग्मीले बताउनुभयो ।  कार्यक्रममा पार्टी सचिव मिनबहादुर कार्की, जिल्ला सदस्य केबी भण्डारी, तरुण दल अध्यक्ष मुकुन छन्त्याल, तरुण दल क्षेत्र ‘क’ सभापति असल केसी,नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिरा पुन लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा मगर संघ वडा नं ८ मा शिव पूर्जाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । पछिल्लो समय म्याग्दीमा तरुण दलले संगठन विस्तारलाई तिब्रता दिएको छ ।

Leave a Reply