३९ औं मगर एकता दिवसको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा ३० हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको छ । म्याग्दी मगर संघको आयोजनामा आयोजित खाद्यान्न साम्रागी हस्तान्तरण कार्यक्रममा म्याग्दीको मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण तथा पर्यटकलाई आर्कषित गर्न सदरमुकाम बेनीमा मगर सङ्ग्रालय बनाउन आवश्यक पहल गर्नुपर्ने बताइएको थियो । दिवसको अवसरमा संघको संस्थागत १५ र उपाध्यक्ष लोकेश पुनमगरले स्वर्गिय पिता धमानसिंह पुनको स्मृतिमा १५ हजार गरी ३० हजार बराबरको खाद्यान्न साम्रागी संघकी अध्यक्ष डमायाँ पाईजाले बाल संगठनका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो । बालगृहमा अभिभावक विहिन १३ जना आश्रित बालबालिका आश्रित रहेकोमा निकट भविस्यमा क्षमता विस्तार गरी दोब्बरको संख्यामा बालबालिकालाई राखिने सभापति शाक्यको भनाई छ । सहयोग हस्तान्तरण कार्यक्रममा मगर संघकी अध्यक्ष पाईजाले म्याग्दीका मगरमा सांस्कृतिक एकरुपता झल्किए र एकताका साथ सामाजिक र मानवीय सेवामा सक्रिय रहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता पाईजा, स्वागत उपाध्यक्ष लोकेश पुनमगर र सञ्चालन सचिव खम थापा मगरले गर्नुभएको थियो । कार्यक्रममा सहभागी मगर परम्परागत भेषभूषा र आकर्षक पहिरनमा सजिएका थिए । मगर समुदायले फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएको छ । २०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगरहरुको एकताबद्ध हुँदै प्रथम राष्ट्रिय भेलासँगै यो दिवस मनाउँदै आइएको छ । म्याग्दीमा मगर जातिकोे बाहुल्यता छ।

Leave a Reply