म्याग्दीको बेनी नगरपालिका–९, ढोल्ठानका ६१ वर्षीय गम्भीरे विक घर परिवारबाट सम्पर्कविहिन भएपछि खोजी गरिदिन पीडित परिवारले आग्रह गरेका छन् । यही फागुन ११ गते बेनपा–२, ज्यामरुककोटस्थित आफ्नो ससुरालीमा खाना खाएर निस्किएका उनी हालसम्म पनि घर नपुगेपछि परिवारले खोजी गरेर सहयोग गरिदिन अपिल गरेको हो ।

मानसिक सन्तुलन असामान्य रहेका उनले घरमा पनि खासै काम नगर्ने र कतै जानु परेपनि जान्छु भनेर नभन्ने गरेको गम्भीरेका छोरा अनिले विकले बताए ।

उनका अनुसार कहिलेकाहीँ घरमा काम गर्ने गरेका गम्भीरेले हातमा प्रायः सलाई र चुरोट समातेर हिँड्ने गर्दछन् । झण्डै ११÷१२ वर्षदेखि मानसिक सन्तुलनमा समस्या देखिएका उनी एकाएक सम्पर्कविहिन भएपछि अहिले परिवार थप आजित बनेका छन् ।  विगतमा ससुराली जाने र फर्कने गरेका गम्भीरले यसपटक भने अहिलेसम्म नफर्किएपछि आफन्तकोमा सम्पर्क गर्दा समेत भेटिएका छैनन् ।

उनले जाडोमा लगाउने बाक्लो ऊनीको कालो र सेतो लाइन भएको टोपी, लेडिज ज्याकेट, कालो हाईनेक, कालोमा सेतो धर्का भएको ट्र¥याक पाइन्ट तथा सेता धर्का फ्रि लाइन भएको चप्पल लगाएको उनका छोरा अनिलले जानकारी दिएका छन् । घर परिवारसँग सम्पर्कविहिन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिइएको पारिवारीक स्रोतले जनाएको छ ।

यसअघि विगतको समयमा पनि घरबाट एकाएक सम्पर्कविहिन भएपछि आफ्नो बुबालाई खोजी गरेर भेट्टाएर ल्याएको अनिलको भनाइ छ । पीडित परिवारले सम्पर्कविहिन भएका आफन्तलाई जो कोहीले भेट्टाएमा नजिकको प्रहरी कार्यालय वा ९८६०२९६८८५ र ९८०५१२६२५० नम्बरमा फोन सम्पर्क गरी खबर गरिदिन अनुरोध समेत ग

Leave a Reply