राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लामा साँस्कृतिक कार्यक्रम सन्चालनका लागि अनुमती माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । आइतबार प्रतिष्ठानको जिल्ला समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लामा मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रम सन्चालनका लागि अनुमति दिन अनुरोध गरिएको हो ।

कोरोना भाइरस जोखिम नियन्त्रणका लागि गत चैतदेखि जिल्लामा भिंडभाडजन्य कुनैपनी गतिविधि गर्नलाई रोक लगाइएको थियो । हाल आएर अन्य सबै गतिविधिहरु सन्चालन भएको तर सांस्कृतिक कार्यक्रमलाई अझै रोक लगाइएकोमा प्रतिष्ठानले चासो व्यक्त गरेको छ ।

प्रतिष्ठानका सचिव पदम बिस्वकर्मा र अध्यक्ष देबेन्द्र घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा व्यावसायिक कलाकारहरुको आम्दानीको स्रोत शुन्य भएकोले दैनिकी चलाउन असहज भएको भन्दै सांस्कृतिक गतिविधि सन्चालन गर्न सहज वातावरण बनाइदिने ब्यहोरा उल्लेख गरिएको छ ।

लोक संगीतको संरक्षण र संबर्द्धन लागि पनि यस्ता गतिविधिहरु सन्चालन गर्न आवश्यक रहेको ज्ञापनपत्रमा भनिएको छ।” हाल देशका विभिन्न स्थानहरुमा मेला महोत्सवहरु सुरु भैसकेका छन् तर म्याग्दीमा अझै रोक लगाइनु कलाकारहरु माथीको अन्याय हो, सांगीतिक कार्यक्रमहरु सन्चालन गर्न हाम्रो संस्था तथा जिल्लाका विभिन्न संघसंस्था र क्लबहरुले अनुमती पाउनुपर्छ” प्रतिष्ठान गण्डकी प्रदेशका संस्थापक सदस्य तथा लोक दोहोरी गायक अमित विश्वकर्माले भन्नू भयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी ले कोरोना महामारीका कारण रोकिएका गतिविधिहरु बिषयगत निकाय तथा मन्त्रालयबाट तोकिएको मापदण्डलाई पालना गर्ने गरि केही खुकुलो बनाउने निर्णय भएको छ भन्दै यस बिषयलाई पनि तुरुन्त छलफलमा राखी कार्यान्वयन गराउने प्रतिबद्दता जनाउनुभयो।

Leave a Reply