म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बिरामीको उपचारमा संकलित आर्थिक र अक्षयकोषाबाट प्राप्त ब्याजबाट विरामीलाई आर्थिक सहयोग गरेको छ । सोमबार कोषको सचिवालयमा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा र कोषका अध्यक्ष राजेश शाक्यले सहयोग हस्तान्तरण गर्नुभएको हो ।

कोषले मृगौलामा समस्या भएका बेनी नगरपालिका २ खवरका धनबहादुर पाठकलाई अभियानका संकलन भएको १ लाख ४४ हजार ७८८ रुपैया,पाठकलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै कलेजो प्रत्यारोपन गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि संकलन भएको २ लाख ८० हजार ७५० रुपैयाँ रकम विरामीको आफन्तलाई हस्तान्तरण गरिएको थियो । सो रकम मध्य ८० हजार अष्टेलियामा रहेका विरामीका आफन्तहरुले संकलन गरेर पठाएका थिए।

 

अक्षकोषबाट प्राप्त ब्याजलाई संस्थाको निर्णयअनुसार बेनी नगरपालिका ६ जामुनाखर्कका हातको अप्ररेशन गरेका १३ बर्षिय अनिल विश्वकर्मालाई ११ हजार ५ सय रुपैया, घाटीको क्यासर भएर उपचारत धवलागिरी गाउँपालिका–५ मल्कवाङका ५८ बर्षिय टेकबहादुर छन्त्याललाई १२ हजार, मृगौला फेल भएका धवलागिरी गाउँपालिका–४ मुदीका २३ बर्षका खगेन्द्र हमाललाई ७ हजार, घाटीको क्यान्सर भएका बेनी नगरपालिका–९ काउँलेगौडाका मोमबहादुर थापालाइ १८ हजार रुपैयाँ, जन्मजात नाईटोबाट आन्द्रा बाहिर निस्केका बेनी नगरपालिका–९ का भोविन किसानलाई ७ हजार, मृगौला फेल भएका रघुगंगा गाउँपालिका–४ दग्नामका अजय परियारलाई ७ हजार सहयोग गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले गरिब तथा विपन्नको उपचारमा कोष बरदान सावित भएको बताउनुभयो। कोषका सदस्य एवम् धनबहादुर पाठक बचाउ अभियानका संयोजक कृष्ण जिसिले पाठकलको उपचारमा संकलन तथा खर्च रकमको कोषमा जानकारी गराउनुभयो ।

संस्थाका उपाध्यक्ष खम थापामगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा संचालन सचिव लोकश पुनमगरले गरेका थिए ।८ सय भन्दा बढी साधारण सदस्य रहेको संस्थाको अक्षयकोषमा १ करोड १ लाख ६८ हजार रुपैया रहेको छ । भने हालसम्म २ सय ८ जना विरामीलाई उपचारमा आर्थिक सहयोग संस्थामा भएको छ।

Leave a Reply