म्याग्दीको बेनी नगरपालिका-९ घतानमा एक चितुवा मृतावस्थामा फेला परेको छ। घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा सोमबार भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले जनाएको छ ।

अन्दाजी तीन वर्षको लम्बाई ६६ इन्च र चौडाई ११ इन्चको रहेको चितुवा मृतवस्थामा फेला परेपछि स्थानीयले खवर गरेका थिए । २५ किलोको चितुवाको मृत अवस्थामा भेटिएपछि आसपासका क्षेत्रमा अनुसन्धान सुरु गरिएको निमित्त डिभिजनल बन अधिकृत सन्तोष खनालले बताउनुभयो ।

चितुवाको शरीरमा चोट देखिएको छैन् । चितुवाको शवबाट गन्ध आइरहेकाले केही दिनअघिनै मरेको हुन सक्ने अनुमान गरिएको छ प्रहरी र वन डिभिजनका कर्मचारीको टोलीले घटनास्थलमा पुगेर चितुवाको शब बेनी स्थित डिभिजन बन कार्यालयमा ल्याएका थिए ।

घतानमा मृत अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको निमित्त प्रमुख खनालको भनाई छ । कालगति वा विषादीको प्रयोग भएर मरेको भन्ने अनुसन्धानबाट खुल्ने जनाइएको छ । पछिल्लो समय सदरमुकाम बेनीबजार तथा बस्ती आसपासको जंगल क्षेत्रमा चितुवाको संख्या बढेको कार्यालयले जनाएको छ ।

Leave a Reply