म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारका शेरबहादुर खड्काको उपचारमा साढे ५ लाखभन्दा बढी आर्थिक संकलन भएको छ । प्यानक्रियाजमा समस्या भई मणिपाल अस्पतालमा उपचार गराइरहनुभएका खड्काको उपचारमा स्थानीयको पहलमा सुरु भएको आर्थिक संकलन अभियानमा ५ लाख ५८ हजार रुपैयाँ संकलन भएको थियो ।

खड्काको उपचारमा हालसम्म ५ लाख १३ हजार खर्च भएको अभियानका संयोजक राजाराम बरुवालले बताउनुभयो । उहाँका अनुसार खड्काको उपचारमा गण्डकी प्रदेशको सिफारिसमा अस्पतालबाट १ लाख समेत छुट भएको थियो । उपचारमा आर्थिक अभाव भएपछि स्वदेश विदेशमा सहयोग संकलन अभियान सुरु गरिएको थियो ।

उक्त अभियानमा घार–म्याग्दी पोखरा समाजबाट ५६ हजार, घार समाज जापान १ लाख २५ हजार, घार–खिवाङ म्याग्देली समाज दोहा कतारबाट ४१ हजार,कुवेतबाट २७ हजार, पोर्तुगलबाट २७ हजार, अस्ट्रेलियाबाट ५६ हजार र अन्य सहयोगीबाट समेत सहयोग जुटेको शेरबहादुर बचाउ अभियानका सचिव विष्णु बरुवालले जानकारी दिनुभयो ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा घार, म्याग्दी पोखरा समाजका उपाध्यक्ष गोर्कणा बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी सम्पूर्णलाई आर्थिक धन्यवाद समेत ब्यक्त गरिएको थियो ।

Leave a Reply