जिल्लाको मालिका गाउँपालिका-३, डाँडागाउँका ६३ बर्षिय हर्कबहादुर रोकाको गोठमा प्रहरीले लागूपर्दाथ बनाउन प्रयोग हुने औजार सहित ठूलो परिमाणमा गाँजा बरामत भयो ।

गाँजाको बिक्री वितरण गर्ने र घरमै गाँजा प्रशोधन गर्ने स्थल बनाएको सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले बोरा भित्र साढे ७ केजी, बजारमा लैजान तयारी अवस्थामा राखिएको ३ वटा प्लाष्ट्रिकका पोकामा ११ केजी ६ सय ग्राम सहित करिब २१ केजी गाँजा भेटियो ।

सोमबार साँझ ६ बजे पक्राउ परेका रोकाले घरमै गाँजा तयार गरी प्रयोगकर्तालाई बिक्री गर्ने गरेको समेत पाइएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

घरखेत र आसपाका जंगलमा प्राकृतिक रुपमा उम्रिएको गाँजालाई प्रशोधन गरी गाउँबाट र नियमित प्रयोगकर्तालाई बिक्री गदैं आएका रोकाले गाउँबाटै ब्यवस्थित रुपमा गाँजाको बिक्री गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार घर आसपासका जंगल र प्रयोग नहुने स्थानमा लुकिछिपी गाँजा बनाउने गरेको बताए । दुबै अभियुक्तले घर बाहिर गोठमा लुकाई राखेको अवस्थामा गाँजा सहित भेटिएको छ ।

गाँजा जोख्ने तराजु, र्यापिङपेपर, धुलो चाल्ने, विभिन्न तौलका ढक ५ थान, थुलो बनाउन प्रयोग हुने सेतो रङको पाइप र कपडा ३ थान समेत बरामत भएको छ। प्रहरीले रोकालाई नियन्त्रणमा लिएसँगै उनका नियमित ग्राहक र बिक्रीमा सहयोग गर्ने टोलीलाई समेत निगरानीमा राखेको छ।

त्यस्तै मालिका–२ रुम भिरखर्क बस्ने ३४ बर्षिय होमबहादुर पुनले समेत बाख्रा खोरमा लुकाई राखेको १२ केजी ८५० ग्रँम गाँजा बरामत गरेको छ ।

साविकको रूम गाविसमा गाँजाको कारोबार धेरै हुने भएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ । पछिल्लो समय म्याग्दीमा लागु औषध र पर्दाथको बिक्री वितरण र प्रयोगकर्तालाई निरुत्साहित गर्न समुदायलाई सहकार्यका लागि समेत प्रहरीले अपिल गरेको छ ।

विगतमा धेरै गाँजाको कारोबार गर्ने स्थानहरूमा कच्चा हरियो गाँजालाई प्रशोधन गरी तयारी गाँजा बनाउने काठको फर्मा, रेञ्ची र फलामको मेसिनहरु प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले साधा पोशाकमा समेत टोली परिचालन गरेको छ ।

विकट क्षेत्र भएकाले प्रहरीको उपस्थित निकै पातलो हुने भएकाले कारोवारीले ढुक्क भएर गाँजा प्रशोधन गरेर विक्री वितरण गर्ने गरेको पाइएको छ । पश्चिम म्याग्दीबाट गाँजाको प्रशोधन गरी छिमेकी बागलुङतर्फको रुटबाट समेत बिक्री वितरणका लागि लैजाने गरिएको छ ।

नियन्त्रणमा लिइएको दुबै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही गरिने छ । ऐनको दफा १४ ९घ० ५ अनुसार १० किलोग्राम देखि माथि जतिसुकै भएपनि २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाखसम्म जरिवानाको ब्यवस्था रहेको छ ।

Leave a Reply