ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवर्द्धन कोष’ बाट बेनी अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ ।

बेनी अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा बेबी वार्मर प्रदान गरिएको जनाइएको छ । बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्छ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पतालमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएको छ । यसैगरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटन नगरपालिका १ बाग्लुङ लाई समेत एक थान बेबी वार्मर प्रदान गरेको छ ।

Leave a Reply