नेपाल तरुण दल म्याग्दीले संगठन विस्तारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसका भातृ संगठनले जिल्लाका विभिन्न स्थानीय तह र वडामा संगठ विस्तार गर्दै आएको छ ।
तरुण दलले बेनी नगरपालिका १ रत्नेचौरमा कृष्ण बोगटीको अध्यक्षतामा ६८ सदस्यीय तरुण दल इकाई समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुवास जिसी,निशान श्रेष्ठ,प्रकाश बोगटी,गणेश शर्मा, सचिवमा एकेन्द्र बोगटी, गणेश जिसी, कोषाध्यक्षमा बिक्रम महत, सहसचिवमा सिजन खत्री र सहकोषाध्यक्षमा सुमन खड्का चयन भएका छन् ।
तरुण दल वडा इकाइ र नेपाली कांग्रेस वडा ईकाइ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादु गर्बुजा खम्बीरले लोकतन्त्रको रक्षाका लागि सबै संघ संगठन एकजुट भएर लाग्नुपर्ने बताए ।
कांगे्रस गौरवशाली इतिहास बोकेको निष्टावान पार्टी भएको उल्लेख गर्दै गर्बुजाले बहुमतको वर्तमान सरकार र तिनको पार्टीबाट नेतृत्व गर्ने नेताहरुको कर्तुतले जनातामाझ कंग्रस अझै लोकप्रिय भएको बताए । उनले वर्तमान सरकारका गतिबिधिले निराश भएका जनता र मुलुकले कांग्रसको आवस्यकता महसुस गरिरहेको बताउँदै अवको विकल्प भनेको कांग्रेस पार्टी मात्रै भएको दावी गरे ।
त्यस्तै नेपलाी कांग्रेस म्याग्दीका पूर्व सभापती तथा संविधान सभा सदस्य रेशम बहादर बानियाले मुलुकको परिवर्तन, सुशासन र लोकतन्त्र कायम गर्न, जन सवालका विषय आवज उठाउन र मुलुकका खातिर योगदान दिन युवाहरु एकजुट भएर लागे लागे मात्रै परिवर्तन सम्भव हुने बताए । आजसम्मको राजनीतिक इतिहासमा तरुण दलको भुमिका महत्वपूर्ण रहेको बताउँदै बाँनियाले महत्वपूर्ण र राष्ट्रहितमा आफुलाई समर्पित गर्न उत्तम संगठन तरुण दल नै भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बेनी नगर सभापती अनोद श्रेष्ठ, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी, नेबि संघ सभापती निर्मल खत्री, नेपाल महिला संघ अध्यक्ष बिमला गौचन, नेपाली कांग्रेस रघुंगा गाउँपालिका सभापती जिवन मल्ल, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला सदस्य मन कुमारी विश्वकर्मा, नेपाली कांग्रेस निर्वाचन क्षेत्र ख का सभापती कमल छन्त्याल, अजय मिलन श्रेष्ठ, पार्टी सचिव क्या मिन बहादुर कार्की, बेनी नगरपालिका प्रमुख तथा पार्टी सचिव हरिकुमार श्रेष्ठ, उपसभापती माधब रेग्मी, पूर्व उपसभापती नेत्र महत, पूर्व पार्टी सभापती तथा बरिष्ठ नेता डा. भुपेन्द्र बहादुर खड्काले मन्तव्य राखेका थिए । भने कार्यक्रमको स्वागत लालबहादुर थापा माइकलले गरेका थिए । कार्यक्रममा नृत्य समेत देखाईएको थियो ।

Leave a Reply