जिल्ला ट्राफिक प्रहरी कार्याल म्याग्दीको पछिल्लो साउन देखी यताको तथ्याङ्क हेर्ने हो भने दुर्घटनाको संख्या न्यून रहेको छ । कार्यालयका अनुसार साउन देखी माघ सम्ममा असोजमा एक दुर्घटनामा एक् जनाको मृत्यु् भएको छ । कात्तिकमा जिप दुर्घटना हुदा १ बालिका, मंसिमा दुई वटा दुर्घटना भएको छ जसमा १ बालिका गरि जम्मा तिन जनाको मृत्यु भएको भने १३ जना घाईते भएका छन् ।
चालु आर्थिक बर्षको साउन देखी माघ सम्मा २९ सय सवारी चालकलाई कारबाही गरिएको छ । कारबाही गरिएको चालकबाट १८ लाख ३४ हजार राजश्व संकलन गरिएकोे कार्यालयले जनाएको छ ।
कार्यालयका हवल्दार बैकुण्ठ पौडेलका अनुसार यो अवधिमा ३२७ वटा ट्रक, टिपर, ९४ वटा बस, ११७४ वटा जिपका ५५३ वटा ट्याक्टर र ७२२ वटा मोटरसाईकल कारबाहीबाट उक्त १८ लाख ३४ हजार राजश्व संकलन भएको हो ।
ट्राफिकको नियम बिपरित सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजात बिना सवारी चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी सायक निरक्षक बिशाल दर्जिले बताए ।
सवारी कारबाहीमा पर्ने मध्ये जिप र कार बढी छन् । बजार क्षेत्रभित्र रातिको समयमा मादक पदार्थ सेवन गरि मोटरसाईकल चनाउने लाई कडा निगरानी गरेका कारण, कारबाहीमा पर्ने मोटरसाइल बढी भएको हो ।
ग्रामिण भेगमा चल्ने कालो नम्बर प्लेटका जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेपनि प्रहरीले त्यसतर्फ निगरानी बढाउन सकेको देखिएको छैन । प्रहरीकै अगाडी यस्ता गतिविधी हुने भएपनि प्रहरीले त्यसलाई संरक्षण गरिरहेको गुनासो यात्रुहरुको छ ।
यात्रुहरुको गुनासोकै आधारमा ग्रामिण भेगमा सञ्चालन हुने सवारी साधन माथि बढी निगरानी बढाईएको ट्राफिक कार्यालयका दर्जिले बताए । ‘त्यस्ता सवारी साधन माथि हामीले बढी निगरानी राख्न थालेका छौँ’ उनले भने । उनले ट्राफिक नियमको पालना नगरि जथाबाबी सवारी साधन चलाउनेलाई कडा कारबाहि गर्ने गरिएको छ ।
ग्रामीण भेगमा चल्ले निजि सवारी साधनले यात्रु बोक्ने र मनपरि भाडा असुल गर्ने धेरैको गुनासो आएपछी चेकजाचमा कडाई गरिएको जिल्ला ट्राफिकले जनाएको छ । चालकलाई कारबाहीमा मात्र नभएर कार्यालयले चालक, विद्यार्थी र सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाएको छ।

Leave a Reply