मगर विद्यार्थी संघको बेनीमा हुने विस्तारित भेलाको तयारी तिब्र
नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा हुने भएको छ । संघले शनिबार बेनीमा गरेको पत्रकार भेटघाट आयोजना गरेर फागुन २७ र २८ गते हुन लागेको भेलाको तयारीका वारेमा जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

भेलामा संघले ९ बुँदे प्रस्तावका वारेमा छलफल गरिने अध्यक्ष विष्णुकुमार थापाले जानकारी दिनुभयो । भेलामा मगर विद्यार्थीहरुको हकहित र अधिकारका वारेमा छलफल हुने उहाँले बताउनुभयो । मातृभाषामा पठनपाठन,निशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयन,स्वायत्त विश्वविद्यालय स्थापना,शैक्षिक गुणस्तर सुधार,रोजगारमुलक शिक्षा र लोकसेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने लगायतका विषयमा छलफल गरिने संघले जनाएको छ ।

भेलामा देशभरबाट दुई सय प्रतिनिधिहरुको सहभागिता रहेने छ । भेलाको तयारीका लागि विभिन्न उपसमितिहरु ग्ठन गरेर तयारीलाई तिव्र पारिएको संघले जनाएको छ । उद्घाटन कार्यक्रममा मगर कला र संस्कृति झल्कीने झाँकीहरु सहित बजारमा ¥याली गरिने भएको छ

Leave a Reply