प्रेस संगठन नेपालको बेनीमा भएको जिल्ला भेलाले कमल खत्री संयोजकको संयोकक र लोकनाथ (भुषाल) घायलश्री सहसंयोजक रहेको १७ सदस्यीय प्रेस संगठन नेपालको जिल्ला संगठन कमिटि गठन गरेको छ ।

प्रेस संगठन नेपालका सह–इञ्चार्ज ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सहिद मदन केसीका भाई तथा प्रदेश सांसद बिनोद केसीको उपस्थितीमा आयोजित भेलाले आगामी पत्रकार महासंघमा जिल्लामा सहमतिबाट नेतृत्व चयनको पहल गर्ने जनाएको छ ।

भेलालाई सम्बोधन गर्नुहुदै सहइञ्चार्ज शर्माले मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिए ।मोफसलमा पत्रकारिताको बिकासको सम्भावना भएको बताउँदै क्षमता बिकास, न्युनतम पारिश्रमिक ऐनको कार्यान्वयनमा संगठनले प्राथमिकता दिने बताए ।

संगठनका गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतमले पत्रकारितामा शुद्धीकरणको आवश्यकता औल्याउदै पत्रकार महासंघको आगामी अधिवेशनमा अग्रगामी पत्रकार संगठनहरुबीच सहकार्यको आवश्यकता रहेको बताए ।

नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सचिव बालकृष्ण सुबेदी, गण्डकी प्रदेश सांसद केसी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारहरुबीच एकता, सहकार्य र सद्भावको वातावरण सिर्जना गर्नुपर्ने बताएका थिए ।

त्यस्तै प्रेस संगठनका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्ले, सहइञ्चार्ज त्रिभुवन पौडेल, श्रीराम सिग्देल, नेता नवराज सुबेदीले पत्रकारहरुको वृत्ति बिकास, स्थानीय सञ्चार माध्यमको प्रर्वद्धनमा समानुपातिक बिज्ञापन प्रणाली लागू गर्नुपर्ने जोड दिए ।

सोही अवसरमा कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहेका खड्का कान्तिपुर दैनिकसँग आवद्ध छन् । वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले रु. ७५ हजार राशीको कोष स्थापना गरेको थियो ।

कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत हुनुभएका दाजु मदनको स्मृतिमा दुई वर्षअघि रु. २५ हजार सहयोग गर्नुभएको थियो ।

भेला तथा पुरस्कार बितरण समारोहमा केसीले थप रु. २५ हजार उपलब्ध गराउनुभएको थियो । प्रेस संगठन नेपाल म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सन्दिप खत्रीको सञ्चालन र पदम बिश्वकर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय सदस्य सन्तोष गौतमले पुरस्कार छनौट प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply