बेलुकाका ७ बज्दै थियो । म्याग्दी बेनी नगरपालिका १ का युवराज सुनार (४८) काम सकेर निस्किए । स्थानीय सन्तु नेपालीको घर बनाउने काममा लागेका उनी गैह्राटोलतिर लागे । उनको घर जाने बाटो सन्तुको निर्माणाधीन घरबाट केही माथि पर्छ । तर उनी घर नगई तलतिर ओर्लिए । सँगै काम गरेका अरु साथीले उनी कता हिँडे भन्ने मतलब गरेनन् । युवराज स्थानीय पसलमा छिरे, अनि रक्सी मागे । साढे ७ भइसकेको थियो । दिनभरको कामले उनी थकित थिए । त्यही बेला उनीमाथि कुटपिट भयो ।

पसल माथिका कसैले सुइँको पनि पाएनन् । पसलमा उनलाई ३ पुरुषले मरणासन्न हुने गरी कुटे । युवराजको घरमा छोरा, छोरी र श्रीमती छन् । ससाना छोराछोरी अँध्यारोमा बुबालाई खोज्न जान सक्दैनथे । ‘बा आउँछन्’ भनेर ३ जना कुरिरहे । रात छिप्पिदै गयो । युवराजको अत्तोपत्तो भएन । श्रीमती ताराको मनमा चिसो पस्यो ।खबर गरिन् गाउँकै हर्ताकर्ता युवालाई । राति १ बजे युवराजकहाँ छन् भन्ने पत्तो लाग्यो । युवराज भेटिँदा पलाएको ताराको खुसी छिनभरमै हरायो । युवराज बाटोमा रगताम्मे थिए ।

आँखा र दाहिने खुट्टामा चोट देखिन्थ्यो । शरीरभर निलडाम थिए । राति नै परिवारले युवराजलाई बागलुङ अस्पतालमा लगे । बागलुङ अस्पतालले केही उपचार ग¥यो । आँखामा गम्भीर चोट देखिएकाले तत्काल पोखराको हिमालय आँखा अस्पताल घारीपाटन रेफर गरियो । परिवारले युवराजलाई आँखा अस्पताल ल्याए ।

घारीपाटन ल्याइएका युवराजको शरीर काम्दै थियो । उनको शरीरमा ‘एनर्जी लो’ भएपछि आँखाको उपचार गर्न नसकिने भन्दै आँखा अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजान सुझाव दियो । पश्चिमाञ्चल अस्पतालमा आइसियु खाली नभएको भनिएपछि युवराजलाई १७ गते बेलुकामात्र पश्चिमाञ्चल सामुदायिक अस्पताल ल्याइयो । अहिले युवराजको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

कसैका लागि घर बनाइदिएर आफ्नो घर चलाउने सपना देखेका उनी अब संसार देख्न सक्दैनन् । उनको आँखाको ज्योति गुमेको छ । अस्पताल ल्याइसकेपछि कुनै बेला उनको होस आएको थियो । होसमा भएका बेला युवराजले आफूलाई ‘रक्सी छोइस् भन्दै कुटेको’ आफन्तलाई बताएका थिए । युवराजका भाइ गोविन्दका अनुसार युवराजलाई यसअघि पनि पटक पटक जातीयताकै आधारमा दुव्र्यवहार गरिएको थियो । शारीरिक आक्रमण भएको भने यो पहिलो पटक हो ।

युवराजमाथि काँटा, चम्चा र रड प्रहार गरिएको गोविन्दको दाबी छ । ‘काँटा, चम्चाले अनुहार र रडले खुट्टामा हानेको देखिन्छ । अब यो म¥यो भनेर नै फालेका हुन् उनीहरुले,’ गोविन्दले भने । ‘प्रहरीले जाहेरी लिएन’ कुटपिटबाट गम्भीर घाइते भएका युवराजलाई पिट्ने विरुद्ध प्रहरीले आफूहरुको जाहेरी लिन नमानेको गोबिन्दले आरोप लगाएका छन् । उल्टै पीडक पक्षले दिएको जाहेरी प्रहरीले दर्ता गरको े उनी बताउँछन् ।

‘ उनीहरुले रक्सी चो¥यो भनेर दिएको जाहेरी दर्ता भएछ, हाम्रो गरिदिएनन्,’ गोबिन्दले भने । घटनाको भोलिपल्टै आफूहरु इलाका प्रहरी कार्यालय, चन्द्रेपुरमा जाहेरी दिन गए पनि प्रहरीले सानो मुद्दा भन्दै फर्काइदिएको गोविन्दले सुनाए । प्रहरीले युवराज निको भएपछि पीडितले नै जाहेरी दिँदा ठीक हुने, सार्वजनिक अभद्र व्यवहार चलाउने भन्दै ‘ नानाथरी’का कुराले आफूहरुलाई अल्झ्याएको उनले सुनाए ।

फागुन १९ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा आफूहरुले जाहेरी लेखेर दिए पनि जाहेरी बुझ्ने बेला प्रहरीले जाहेरवालाको हस्ताक्षर नगराएको उनले सुनाए । पछि जाहेरवालाको हस्ताक्षर नभएको भन्दै बोलाएको र यो पीडकलाई बचाउने खेल हुन सक्ने उनको दाबी छ । ‘जाहेरी भाउजूले दिनुभएको हो, हस्ताक्षर नै नगराई पठाएछन्, पछि फेरि हस्ताक्षर गर्न आइज भने, आज जाहेरी दर्ता हुन्छ,’ गोविन्दले भने ।

यता, जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई भने पीडित पक्षले आफूहरुमाथि झुठो आरोप लगाएको बताएका छन् । प्रहरीले पीडक भनिएकालाई बचाउनुपने कुर्नै कारण नभएको र पीडितहरु नै जाहेरी दिन नगएको उनको भनाइ छ ।

आफूले बारम्बार फोनमार्फत जाहेरी दिन भने पनि उनीहरु अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभएको राईको जिकिर छ । ‘उनीहरु आफंै जाहेरी लिएर आउँदैनन्, आएका बेला कसरी आए मलाई थाहा भएन,’ उनले भने, ‘मैले आफैं लगातार फोन गदै जार्हे री दिन आउनु भनेको छु।’

कास्की प्रहरीको सहयोगमा आफूहरुले घाउ जाँचचेक फारम भराइसकेको र फारममा आँखा फुटेको देखाइएपछि आफूहरु नै जाहेरीको पर्खाइमा रहेको राईले बताए । ‘सामान्य भएको भए हामी आफै ं मिलाइदिन्थ्यौ ं, आँखा नै फुटेको छ, जाहेरी कुरिरहेका छौ ं, जाहेरी आउनुप¥यो,’ राईले भने । यो समाचार समाधान राष्ट्रिय दैनिकले छापेको छ ।

Leave a Reply