सर्वोच्च अदालतले नेकपा एमाले ब्यूँताएको खुसीयालीमा म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियूको आयोजनामा पार्टी कार्यालय हाँडेभिरबाट सर्वोच्चको फैसलाको सम्मान गदैं नेकपा एमाले पार्टीको नाम फिर्ता भएको भन्दै बजारमा नारा सहित क्याम्पसचोकमा पुगेर दिप प्रज्वलन सहित कोण सभा गरिएको हो ।

कोणसभामा बोल्दै अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले नेकपा एमालेका नेताकार्यकर्तामा खुसी फर्किएको बताउँदै अव राजनीतिक यात्रामा सहज हुने बताए। ‘माओवादीमा लाग्नुभएका साथीहरुलाई समयमै फर्किए स्वागत गरिन्छ,‘यो एउटा एतिहाँसिक फैसलाले एमालेमा लागेका सबैमा उत्साह छाएको छ’ अध्यक्ष विश्वकर्माले भने।

मदन भण्डारी फाउण्डेशनका म्याग्दी अध्यक्ष चन्द्रकुमार केसीले म्याग्दीमा नेकपा एमाले र नेपाली कांग्रेस बिच नै प्रतिस्पर्धा हुने भएकाले अन्य कम्यूनिष्ट दलमा लागेकाहरुलाई समयमै निर्णय गर्न समेत अनुरोध गरे ।

उनले नेकपा बिभाजनमा भारतीय इसारमा चलेकाहरुले भारतलाई खुसी बनाउन सरकार गठनको प्रयासलाई अदालतको फैसलाले चकनाचुर पारिदिएको बताए । दिप प्रज्वलन कार्यक्रममा मंगला, मालिका र धवलागिरी गाउँपालिका उपाध्यक्ष क्रमश सिर्जना केसी, खरमायाँ विटालु, रेशम छन्त्यालको उपस्थिती रहेको थियो ।

यूवा संघ नेपालका केन्द्रिय सदस्य दिनेश केसीले स्वागत गरेको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँले गरेका थिए । नेकपा एमाले म्याग्दीले सर्वोच्चको निर्णयको औपचारिक स्वागत भने गरेको छैन् । दिप प्रज्वलन कार्यक्रममा जिल्लास्तरका नेताहरुको भने उपस्थिती थिएन् ।

निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामलाई खारेज गरेपछि राजनीतिक यात्राले फरक मोड लिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।

 

Leave a Reply