म्याग्दीको मालिका गाउँपालिका–६,दिच्यामका १०७ बर्षिय ओमलाल निउरेले आइतबार विहानै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन दरबाङ झरे । उमेरले सतक नाघेका निउरेले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर खोप लगाए । निकै उत्साहित देखिएका निउरेले बृद्धबृद्धाहरु कोरोनाभाइरसबाट सङ्क्रमणको उच्च जोखिम हुने र सङ्क्रमित भइसकेपछि जित्न पनि गाह्रो हुने सुनेको अवस्थामा खोप लगाउन पाएको भन्दै खुसी भए ।

वडा कार्यालयले निशुल्क ब्यवस्था मिलाएको सवारीसाधनमा आएका निउरेले खोप लगाएपछि अव कोरोनालाई जित्ने बताए ।‘खोप लगाउन पाउँदा अझै धेरै बाँचिन्छ कि जस्तो लागेको छ,‘मलाई आनन्द भएको छ’ निउरेको भनाई उद्धित गदैं वडा अध्यक्ष सन्तनाथ सुबेदीले भने ।

वडा अध्यक्ष सुबेदीले बृद्ध निउरेले कोरोना भाइरस भनेपछि काल जस्तै लाग्ने गरेकोमा अहिले गाउँघरमै खोप लगाउन पाउँदा काल पनि भागेजस्तै भएको बताउँदै नेपाल सरकारलाई पनि धन्यवाद दिएको बताए। १ सय बर्ष पार गरेपछि मोतियाबिन्दुको शल्यक्रिया गरेका निउरेले खोप लगाएपछि थप आत्मबल बढेको बताए । निउरेजस्तै मंगला गाउँपालिका–३, सातबिसेकी १०५ बर्षिया आसिमा रोकाले स्वास्थ्य चौकीमा आएर खोप लगाईन् ।

बृद्धा रोकाले अन्य समयमा खोप लगाउन अस्वीकार गर्ने गरेपनि कोरोनाको खोप लगाउनुपर्छ भन्ने जानकारी पाएपछि लगाउन आएको गाउँपालिका उपाध्यक्ष र्सिजना केसीले बताईन्।‘बृद्धबृद्धाले खुसी हुदैं खोप लगाउनुभएको छ,‘असुविधाकै कारण केन्द्रसम्म आउन नसक्नेलाई सवारीसाधनको ब्यवस्था मिलाइएको छ’उपाध्यक्ष केसीले भनिन् ।

बृद्धा आसिमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाकी आमा हुन् । म्याग्दीमा दोस्रो चरणको अभियान अन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकी र बेनी अस्पतालमा पुगेर खोप लगाएका छन् ।खोप लगाउन आउनेमा ८० बर्ष नाघेका बृद्धबृद्धाको संख्या समेत उत्साहजनक रहेको बताए ।

गाउँका बृद्धबृद्धालाई विदेशमा रहेका छोराछोरीले पनि कोरोनाको खोप लगाउनैपर्छ भनेपछि केन्द्रसम्म पुगेका थिए । जिल्लाको अति दुर्गम धवलागिरी गाउँपालिका वडा नं १ गूर्जामा समेते ज्येष्ठ नागरिकले खोप लगाएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

म्याग्दीमा दोस्रो चरणको अभियान अन्तरगत बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकाको वडास्तरमा सुरू भएको प्रमुख एकनारायण लम्सालले बताए । उनका अनुसार दोस्रो चरणमा ५ हजार ४ सय डोज खोप उपलब्ध रहेको बताए । त्यस्तै जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा समेत यसै महिनाको अन्तिमदेखि खोप अभियान सुरू हुने छ ।

 

Leave a Reply