म्याग्दीको मालिका गाउँपालिका-२,रूमकी २२ बर्षिया सन्जीता सिर्पालीको मृगौला प्रत्यारोपणका लागि अमेरिकबाट डेढ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ।

दुवै मृगौलामा खरावी सिर्पालीको नियमित उपचारमा आर्थिक समस्या भएको खवर बेनी अनलाइनमा प्रकाशित भएपछि अमेरिकामा रहेकी भुमिकला पुनको पहलमा १ लाख ५५ हजार आर्थिक संकलन गरी सिर्पालीका श्रीमान गिजेन्द्रलाई हस्तान्तरण गरिएको छ।

दुई महिना अगाडी उपचारको क्रममा मृगौलामा खरावी देखिएसँगै डायलासिस र नियमित औषधीका लागि खर्च जुटाउन नसकेपछि पोखरामा अलपत्र परेकी सन्जीताको अवस्थाले भाबुक भएर उपचारमा सहयोग जुटाएको अभियानकी संयोजक पुनले बताउनुभयो ।

‘आर्थिक अभावले ओछ्यानमा पीडाले छटपटाइरहेको खवरले स्तब्ध भए,‘सानो सहयोग भएपनि उपचारमा केही राहत हुने अपेक्षा गरेको छु’ पुनले भन्नुभयो । उपचारमा ऋण खोजेर गएपनि सकिएपछि छोराछोरीसँगै भोकभोकै कोठमा बस्न बाध्य भएको अवस्थामा प्राप्त सहयोगले सहज भएको श्रीमान गिजेन्द्रले बताउनुभयो ।

‘घरबाट उपचार सम्भव छैन्,‘धेरै खर्च लाग्छ,‘उपचारलाई छोडेर घर जाने निधो गरेका थियौं, अमेरिकबाट सहयोग आएपछि केही समय उपचार गछौं’ गजेन्द्रले भन्नुभयो ।

सहज उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै शिवमार्ग टोलमा मासिक ३५ सय रुपैयाँ भाडामा साँधुरो कोठामा बस्दै आएकी सन्जिता चिसो भुईमा सुत्नुहुन्छ । कोठामा विहान–बेलुकी पकाएर खाने कुरा समेत छैन्। काखमा रहेको १ बर्षिय छोरा र ६ बर्षिया छोरीसँग धेरै रात भोकभोकै बस्नुपरेपछि घरमा आएर केही अन्न लिएर गएको गजेन्द्रको भनाई छ ।

हप्ताको दुई दिन डायलासिस गराउन अस्पताल जाँदा करिब २० हजार खर्च हुन्छ । अस्पतालमा डायलासिस निशुल्क भएपनि महङ्गो इन्जेक्सन र नियमित औषधी किन्नुपर्ने भएकाले थप आर्थिक सहयोगका लागि समेत अपिल गर्नुभएको छ । श्रीमतिलाई मृगौला म्याच भएर आफुँले नै दिने निधो गरेको समेत गजेन्द्रको भनाई छ ।

Leave a Reply