बेनी नगरपालिका–९,घतान काउँलेगौडाका ६ बर्षिय ब्लड क्यान्सर पिडित बालक शिभम चोखालको उपचारमा २५ लाखभन्दा बढी सहयोग जुटेको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका चोखालको उपचारमा आर्थिक अभाव भएपछि सुरु भएको आर्थिक संकलन अभियानमा स्वदेश तथा विदेशबाट २५ लाख ५० ह हजार संकलन भएको शिभम बचाउ अभियानले जनाएको छ ।

स्थानीय काँउलेगौडा यूवा क्लव, वडा सदस्य अम्मर बहादुर बस्नेत, यूवाहरु तेजेन्द्र बानियाँ, निर्मल खत्री, प्रकाश खत्री र मोना बहराईनका महासचिव दिनेश बस्नेत लगायतको पहलमा सुरु भएको संकलन भएको आर्थिक उपचार तथा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि पीडित बालकका परिवारले सहयोगको याचना गरेका थिए ।

शरीरमा निलो थिग्ला र दाँतबाट रगत आएपछि उपचारका लागि पोखरा जाँदा ब्लड क्यान्सर भएको जानकारी पाएपछि कान्ति बाल अस्पतालमा भर्ना गरिएको थियो । शिभम बचाउ अभियानमा स्थानीयले घरदैलो अभियान समेत सञ्चालन गरेका थिए । बालकको आमाको ७ महिना अगाडी करेन्ट लागेर मृत्यु भएको र परिवारको विपन्नताका कारण उपचारमा आर्थिक समस्या देखिएको थियो ।

उपचारमा आवश्यक पर्ने खर्च जुटेपछि अभियान र्औपचारिक रुपमा बन्द भएपनि सहयोग गर्न चाहनेले पीडितका आफन्तलाई हस्तान्तरण गर्न सक्ने बताइएको छ । अभियानमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई शिभम बचाउ अभियानले धन्यवाद समेत ज्ञापन गरेको छ ।

 

Leave a Reply