????????????????????????????????????

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा कायम गरिदिएपछि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिव हुनुभएका बालकृष्ण सुवेदीले एमालेमै फर्किएको घोषणा गर्नुभएको छ ।

एमाले ब्यूँतिएपछि मंगलबार एक विज्ञप्ती निकालेर सुबेदीले एमाले भित्रै रहेर गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको नेता सुबेदीको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जिल्लाभर अभियान नै सञ्चालन गर्नुभएका सुबेदी ओली लाइनको कट्टर विरोधी मानिनुहुन्छ ।

‘कहिल्यै गलतको समर्थन गर्न सकिएन्,‘एमाले पार्टी भित्रै बसेर पुरानै हैसियतामा काम गर्छु, गलतको प्रतिवाद गर्न छोड्दैन’ नेकपा एमालेका सचिव समेत रहनुभएका सुबेदीले भन्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोध ब्यक्तिसँग नभई प्रबृत्ति र संविधान विपरितको कार्य भएको समेत बताउनुभयो ।

सुबेदीसँगै माधव नेपाल निकटले समेत विस्तारै एमालेमा फर्किएर काम गर्ने बताउँदै सामाजिक सञ्जालमा घुमाउरो तरिकाले प्रधानमन्त्री ओलीको बिरोध गरेका छन् । सर्वोच्चको आदेशसँगै प्रचण्ड–माधव नेपाल समुह म्याग्दीका नेताहरुको औपचारिक भेटघाट र छलफल समेत भएको बताइएको छ ।

पार्टी एकता अघि तत्कालिन नेकपा एमालेको सचिब समेत भैसक्नुभएका नेता सुवेदी पार्टीको प्रचार विभाग प्रमुख समेत हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित अबस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।

Leave a Reply