---Advertisement---

गण्डकी प्रदेश स्तरीय लेखन प्रतियोगितामा म्याग्दीकी केसी तृतिय

On: March 14, 2021 2:06 PM
Follow Us:

सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा सम्पन्न प्रदेशस्तरीय लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी प्रतिक्षा केसी तृतिय भएकी छन् ।

प्रतियोगितामा जिल्लाको रघुगंगा गाउँपालिका-२ भगवतीकी केसीले तृतिय स्थान सहित नगद ६ हजार र प्रमाणपत्र प्राप्त गरेको म्याग्दी बहुमुखी क्याम्पसका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख नारायण पौडेलले जानकारी दिए ।

क्याम्पसमा बिएड तृतिय बर्षमा अध्ययनरत केसीले मंगला गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता प्रथम स्थान हात पारेकी थिईन् । प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा तृतिय स्थान प्राप्त गरेकी केसीको राष्ट्रिय स्तरिय प्रतियोगिताका लागि समेत छनौट भएकी छन्। पुरस्कार वितरण कार्यक्रममा  महाशाखा प्रमुख तेजप्रसाद काफ्ले, कार्यक्रम सहजिकरण संयोजक चन्द्रा कुमारी थापा लगायतको उपस्थिती रहेको थियो ।