नेकपा माओवादी केन्द्र म्याग्दीले आइतबार आफ्नै साइन बोर्ड राखेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि बेनी नगरपालिका–८,न्यूरोडमा (माओवादी केन्द्र) कार्यालयको स्थापना गरी आफ्नै साइन बोर्ड राखेको हो ।

केन्द्रको सर्कुलर अनुसार पार्टीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, गण्डकी प्रदेश कमिटी सदस्य सुवाश विश्वकर्मा लगायत जिल्लास्तरका नेता तथा विद्यार्थी र यूवा संगठनमा प्रमुखहरुको उपस्थितीमा पार्टी कार्यालयको साइन बोर्ड राखेको हो ।

सोही अवसरमा जिल्ला अध्यक्ष पौडेलले कम्यूनिष्ट पार्टीको एकतामा नेकपा एमाल केपी शर्मा ओली समुहले धोका दिएको बताउँदै संगठन विस्तार सहितका अभियानबाटै चुनौती दिने बताए ।

उनले ओली प्रवृतिका विरुद्धमा संघर्र्ष गर्दै पार्टीको संगठन विस्तार सहितका अभियानमा जुट्ने समेत बताएका छन् । राजनीतिक र व्यवहारिक रुपमा पार्टीमा विभाजन आएपछि दुवै समूहले आ–आफ्नै हिसाबले अगाडी बढ्न थालेका छन् । यसअगाडी नेकपा एमालले समेत पुरानै पार्टी कार्यालयबाट आफ्नो गतिविधि सुरु गरेको छ ।

Leave a Reply