---Advertisement---

लोकदोहोरीमा जम्दै कुहुँकी हिरा किसान

On: March 14, 2021 11:05 PM
Follow Us:

लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले बेनीमा आयोजित जिल्ला स्तरीय दोहोरीगीतको प्रतियोगितामा उपाधी जितेकी मंगला गाउँपालिका–१ कुहुँका हिरा किसानले प्रतिष्ठान गण्डकी प्रदेस समितिद्वारा राष्ट्रिय लोकदोहोरी दिवसको अवसरमा आयोजित प्रतियोगितामा उत्कृष्ट महिला गायिकामा छनौट भईन् ।

फागुन २८ र २९ गते पोखरामा आयोजित प्रतियोगितामा दिपशिखा मावि कुहुँमा कक्षा १२ मा अध्ययनरत किसानले गण्डकी प्रदेशमै महिलातर्फ उत्कृष्ट हुदै नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेको प्रतिष्ठानका जिल्ला सचिब पदम विश्वकर्माले बताए ।

उनका अनुसार किसानलाई बेनीमा एक कार्यक्रम गरी उक्त प्रमाणपत्र र नगद प्रदान गरिएको थियो । प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले नव गायिका किसानमा धेरै सम्भावना भएकाले आवश्यकता अनुसार सहयोग गर्ने बताए । अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहनको अभियानमा लाग्ने बताउँदै थप प्रतियोगितात्मक कार्यक्रमहरु गरि नयाँ प्रतिभाको खोजी गरिने बताए ।

म्याग्दी लोक संगितमा धनी जिल्ला भएकाले समेत प्रतिष्ठानले विभिन्न कार्यक्रमको योजना सहित अगाडी बढेको छ । यता किसानले उच्च शिक्षासँगै गायन क्षेत्रमा समेत लाग्ने वातावरण बन्दै गएको भन्दै खुसी ब्यक्त गरिन् । उनले आफ्नो क्षमतालाई स्थान दिने वातावरण बनाएकोमा लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई समेत धन्यावाद ज्ञापन गदैं आफ्नो क्षमताले भ्याएसम्म गायन क्षेत्रमा सक्रिय हुने बताईन् ।