गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा न्यू होराइजन आवसीय माध्यामिक विद्यालय, पर्वतबेनीले तयार पारेको ‘अभाव’ नाटकले तेस्रो स्थान प्राप्त गरेको छ । पोखरा थिएटरले आयोजनामा विद्यालयमा रंगमञ्च अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा कुल ४० नाटकमध्ये होराईजनको उत्कृष्ट ३ भित्र परेको हो।

मनोहर पौडेलको लेखन र मीना रेग्मीको निर्देशनमा तयार गरिएको थियो । करिब १५ मिनेटको नाटकमा एक गरिवी र निमुखा परिवारले जीवन ब्यथित गरिरहेको, विपन्नताका कारण झेल्नु परेको अभावै अभाव, गरिबको कोखमा जन्म लिएपछि बालबालिकाले भोग्नुपरेको समस्या सहित गरिबको प्राथमिकतालाई नाटकमा प्रस्तुत गरिएको छ।

करिब ९ महिना कोखमा राखेर जन्म दिएकी आमाले छोराछोरीको स्वास्थ्य समस्यालाई भन्दा पनि घरको साम्रागीहरूलाई प्राथमिकता दिनुपर्ने अवस्थाले नै गरिब परिवारको बास्तविकतालाई झल्काउने प्रयास गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताए । ‘गरिबी अभावको अवस्था हो,गरिबको त भगवान पनि हुँदो रहेनछ भन्ने सन्देश प्रवाह गरेको छ’ प्रअ पौडेलले भने।

नाटकका रचनाकार मनोहर पौडेलले जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी भएकाले गरिबले स्तरीय शिक्षा लिनबाट बन्चित हुनुपर्ने अवस्थामा उचित शिक्षाको अभावका कारण कमजोर चेतनाले क्षमतका कारण पुस्तौसम्म आवश्यकता नै साँघुरिने अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।

नाटकमा मुख्य भूकिा कक्षा ९ मा अध्ययनरत सञ्जिविनी शाहीको रहेको छ भने कक्षा ९ मा अध्ययरत दिपेश रोका, कक्षा ५ की सोफिया गर्बुजा,रुपेश अधिकारी, कक्षा ४ की आरोही मल्ल, बिबेचना गुरुङ र कक्षा १० की शुष्मा आर्चायले अभिनय गरेकी थिईन् । प्रतियोगितामा भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्कीको प्रथम र जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्वितीय भएको थियो ।

प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने ५ वटै नाटकलाई आगामी चैत्र १४ गते विश्व रंगमञ्च दिवसको अवसरमा गन्धर्व नाटकघरमा प्रत्यक्ष मञ्चनसँगै पुरस्कार वितरण गरिने आयोजक पोखरा थिएटरले जनाएको छ । प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, गोरखा, तनहुँ, स्याङजा, नवलपुर, लमजुङ गरी १० जिल्लाको सहभागिता रहेको थियो ।

Leave a Reply