म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जलजला गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा हुने भएको छ ।

लायन्स क्लवको आयोजनामा चैत्र ७ गते धवलागिरी गापाको मुनास्थित धनजनता मावि, चैत्र ६ गते रघुगंगा गाउँपालिकाको भगवती,चैत्र ७ गते मंगला गापाको केन्द्र बावियाचौर, चैत्र ८ देखि १० गतेसम्म मालिका गापाको दरबाङ, चैत्र ८ गते छिमेकी पर्वतको जलजला गाउँपालिका र बेनी अस्पतालमा चैत्र १४ र १५ गते शिविर सञ्चालन गरिने लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियरपर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुनले बताए । ‘गाउँका शिविरमा भेटिएका जटिल समस्यालाई बेनीमा उपचार गरिन्छ,‘थप उपचार आवश्यक परे पोखरा पठाउँछौ’ पुनले भने । यसअगाडी पनि लायन्स क्लवमार्फत म्याग्दीमा लगातार निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दु शिविर सञ्चालन गर्ने गरिएको थियो ।

आँखा शिविरमा स्थानीय तहले समेत आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् भने हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ लगायतको प्राविधिक सहयोग समेत रहेको जनाइएको छ । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको समेत लायन्स क्लवले जनाएको छ ।

 

Leave a Reply