खुल्लापत्र ओली ‘बा’लाई

सम्मानित प्रधानमन्त्री ओली ज्यू,
आई लव यु !
सर्वप्रथम बधाई छ । बधाई ? कारण धेरै छन् । भर्खर १८ टेकेकादेखि ८१ सम्मका युवाबृद्दा सबैले “आई लव यु“ केपी बा“ भन्दै डमी तस्बिरमा भए पनि चुप्प गर्दैछन् । बधाई नदिई रहन सकिन ।

बधाई पहिले पनि नदिएको होईन । नेपाल कम्म्युनिष्ट पार्टी (माओवादी केन्द्र) संग चमत्कारिक एकता गरेर बधाईको पात्र मात्र बन्नु भएन, कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिएर करिव दुई तिहाईको सरकार गठन गरि शक्तिशाली प्रधानमन्त्री बन्नु भयो ।

चुनावको बेला चाहे पानीजहाजको कुरा होस् या रेलको सपना, बधाईको ओईरो नै लाग्यो । पछिल्लो पटक फेरि बधाई दिनु पर्ने भो, कारण सर्वाेच्च अदालतको पछिल्लो फैसलाले गर्दा । तपाईले २०७७ पुस ५ मा संसद विघटन गरि चुनावको तिथिमिति घोषणा गरेपछि हामी यहाँ छौं भन्दै केपी ओली मुर्दाबाद भन्दै कुर्लनेहरू निकै चलमलाएका थिए ।

जब सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको घोषणा गर्याे तब सबैलाई लाग्यो अब केपिले बाल्कोटको वाटो तताउने नै भए । कसै कसैले त विजय उत्सव स्वरुप ल्डु नै खाए ।तर परिणाम सोचे जस्तो भएन । तपाईंले राजिनामा नदिएर नयाँ मोड दिनुभयो राजनितीमा ।

त्यस माथि पनि सर्वोच्च अदालतले पार्टी एकता खारेज गरि पुरानै पार्टीलाई निरन्तरता मात्र दिएन “सेटिङ“को शंका उपशंकालाई सहि सावित गर्दै विपक्षले हनुमान र अरिङ्गाल उपमा पाएका तपाईंलाई “बा“ मान्ने प्रवृत्ति भएका कार्यकर्तालाई राहत महशुस भयो । पार्टी कार्यालयमा नेकपा एमाले लेखिएका बोर्ड झुण्डिए । पद लिप्त मन्त्रीहरुले घर नफकर्किने निर्णय गरे । हिजो संसद पुनर्स्थापना हुदा भएको दिपावलीलाई बिर्साउने दिप प्रज्जवलन भयो ।

तेसैले मुरि मुरि बधाई नदिई रहन सकिएन ।तपाईं संग प्रधानमन्त्री पदमा टिकिरहन धेरै प्राविधिक कारणहरू होलान । गणितीय खेल र अंकगणित साथमा होला तर स्मरण के दिलाउन चाहन्छु भने यो त्यही संसद हो जुन तपाईंले संविधानले नदिएको अधिकार (जुन सर्वोच्च अदालतले उल्टाइदिएकोछ) प्रयोग गरेर विघटन गरि चुनावको तिथिमिति घोषणा गर्नु भएको थियो। तपाईंको शब्द सापटी लिने हो भने– “आफन्तहरुले नै चौ तर्फि घेराबन्दी गरेर काम गर्नै दिएनन् ।

त्यसै नयाँ जनादेशको लागि जनतामाँझ जानू नै उत्तम र अन्तिम विकल्प हो ।“ तपाईंको भनाइमा “खिया लागको दुई नटबोल्ड खस्दा गाडी सहजै गुडेको घोषणा गर्नु भयो ।“ नयाँ पेजहरुले सात गेयरमा सरर समुन्द्रमा खस्ने दावा गरे कसैले जन उत्तरदायी सरकार ठान्नु भ्रम हो भन्दै “कार्वनडाईअक्साईड“ मन्त्री देखि “वण्डरफुल“ मन्त्रीसम्म कुर्लिए । अदालतरुपि मेकानिकले उहीँ खिया लागेको नटबोल्ड नै कसिदिए ।

अब यो गाडी सरर गुड्छ त ? कसरी विश्वास गर्ने ? जवाफ के छ ? त्यसैले तपाईंले विघटन गरि मारिसकेको पुनर्स्थापित संसद जुनसुकै प्रकारले रहिरहनु उपयुक्त छैन र राजिनामा नदिएर खिया लागेको नटबोल्ड कसेको गाडि गुडाउदा दुर्घटना नहोला भन्न सकिन्न ।

कम्युनिस्ट भित्र लोकतन्त्र खोज्दा यो अवस्था आएको हो । अहिले तपाई सत्तामा टिकिरहदा वर्तमान तपाईंको अहंकार त जोगिएला, विपक्षले अरिङ्गाल र “साईवर सेना“ उपमा पाएका कार्यकर्ता त खुशी होलान तर कालान्तरमा कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति पुग्छ कि ? “छोटे मुख बडि बात“ बेलैमा सोच्नुहोला । यो पत्र तपाईंका सामु “ हात्तीको मुखमा जिरा “ नै हो ।

“आच्छ्यु खाए बिच्छ्यु खाए झुसे बारुलो “ नै हो । तर पनि शक्ति , पद र कुर्सी त्यागेर राजनैनिक अन्यौल हटाउनु भयो भने र नैतिकता देखाउनु भयो र नयाँ कम्फरटेवल सरकार बनाउने वाटो खोलिदिनु भयो भने मैले तपाईं भेट्न नसके पनि तपाईंको “डमि तस्बिर“लाई चुम्बन गर्दै सेल्फि हानेर प्रोफाईल पिक्चर अवलोड गर्नेछु ।
धन्यवाद ! लाल सलाम ।
उहीँ तपाईंको शुभचिन्तक ।