बागलुङमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर सोमबार बिहान काठेखोला गाउँपालिका–३ धम्जाका २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो । उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पल्ली मगरले जानकारी दिए ।

सोमबार बिहान भीरबाट खसेर मृत्यु भएको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । बोहोरा ओडारचौर स्थित घरमा आइतबार राती साथीहरुसंगै सुतेको र बिहान नभेटेपछि खोजतलास गर्दा घरमुनीको भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोहोराको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ ।

Leave a Reply