अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बेनी-लम्भीहिल-भकुण्डे सडकको स्तरोन्नति

On: March 17, 2021 10:12 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनी देखि बेनी नगरपालिका २ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिका काम शुरु भएको छ । बेनी नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे ७ किलोमिटर सडक खण्डको हाडेभीर–लभ्लीहिल खडमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।

पछिल्लो समय निकै चर्चामा आएको प्रशिद्ध पर्यटकीय स्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्नतिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि बेनी नगरपालिका २ भकुण्डेचौर स्थित वडा कार्यालयसम्म विस्तार गरिने बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

अध्यक्ष थापाका अनुसार यस वर्ष हाडेभीर–लभ्लीहिल खडमा १८७ थान ग्याविन जाली,४२० मिटर पक्की नाली, एक ठाउमा क्रस र ३२ सय मिटर कच्ची नाली निर्माणका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी निरज भण्डारीलाई जिम्मा दिइएको छ ।

२०६७ सालमा ट्याक खुलेको, साढे ७ किमि दुरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं रुपैयाँ खर्च गरिएको भएपनि सडकको स्तरउन्नति हुन सकेको थिएन ।

पटक पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिएपनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधनहरु संचालन हुन नसकेका स्थानीयवासिन्दाहरुको भनाइ रहेको छ ।

तर यस पटक भने नाली निर्माण र ग्याविन पर्खाल सहित स्तरोन्नतिको काम थालिएकाले स्थानीय आशावादी बनेका छन्। सो सडकको स्तरोन्नति भएपछि पर्यटकीय स्थल लभ्लीहिलमा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।