नेपाल आइडल सिजन-३ का उत्कृष्ट ५ भित्र परेका गायक निशान पुन पहिलोपटक सांगितिक कार्यक्रमका लागि गृहजिल्ला म्याग्दी आउने भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रे घरभएका पुन फागुपूर्णिमा पर्वको अवसरमा आगामी चैत्र १५ गते बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–३, मा रहेको कालिगण्डकी रिर्सोटमा हुने कार्यक्रममा आउन लागेका हुन् ।

नेपाल आइडलमा म्याग्दीबाट प्राप्त सहयोग र अभियानमा आउने तयारी गरिरहेको अवस्थामा कोरोना भाइरसका कारण सांगितिक कार्यक्रमहरु सञ्चालनमा रोक लगाएसँगै पूर्वनिर्धारित कार्यक्रम समेत स्थगित भएको थियो ।

नेपाल आइडलको प्रतियोगिता स्थगित भएपछि म्याग्देली यूवाहरुसँगको सहकार्यमा समेत पुनले पोखरामा लकडाउनको अवधिमा खाद्यान्नको अभाव भएकालाई घरघरमा खाद्यान्न पुर्याउनुका साथै विरामीको उपचार लगायत सामाजिक र मानवीय सेवाम करिब दुई महिना विताएका थिए ।

म्याग्दीमा आउन लागेका पुनले नेपाल आइडलमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद सहितको कार्यक्रम समेत गरिने रिर्पोटका सञ्चालक हरिबहादुर चन्दले बताए ।उनले उक्त दिन अन्य विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएपनि मुख्य गरी म्याग्देली गायक पुन नै प्रमुख आर्कषण भएको बताए ।

नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा पुन उत्कृष्ट प्रस्तुती र सर्वाधिक भोट प्राप्त समेत गरेका थिए ।

Leave a Reply