लामो प्रयाससँगै सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालीपुल बसपार्कलाई वहुवर्षीय योजनामा समावेश गरिएको छ। २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि हरेक बर्ष न्यून बजेटका कारण गति लिन नसकेको अवस्थामा सहरी विकास मन्त्रालयले ५ करोडको बजेट प्राप्त भएसँगै स्मार्ट बसपार्क बनाउने अभियानलाई ठूलो सफलता मिलेको बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए ।

‘आजभन्दा ४ बर्ष अगाडीको प्रयासले सफलता प्राप्त गरेको छ,‘अब बेनीबजारमा सुविधासम्पन्न बसपार्क बन्छ ’ वडा अध्यक्ष बराईलीले भने । उनका अनुसार चालु् आ.ब. ७७÷७८ मा संघिय सरकारबाट ५० लाख, प्रदेश सरकारबाट ५० लाख र बेनी नगरपालिकाबाट ३४ लाखबाट निर्माणको काम भइरहेको छ ।

बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार कालीपुल बसपार्कमा ५० लाख विनियोजन भएकाले आयोजनालाई अगाडि बढाउन जटिलता भएकाले बहुवर्षीय योजनामा समावेशका लागि प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका थिए ।

सांसद थापाले बहुबर्षिय योजनामा बसपार्कलाई समेट्न नसके अपूरै रहने जोखिम भएकाले बहुबर्षिय ठेक्का लगाउने ब्यवस्थाका लागि निवेदन नै दर्ता गराएका थिए । सांसद थापाको प्रयासले यो कार्यमा गति लिएको बेनी नगरपालिका स्रोतले जनाएको छ ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्नेले बेनीको प्रवेशद्धारमै ठेक्का अनुसार समयमै काम सम्पन्न हुने सकेको छैन् । पक्की नाली सहित पक्कीपुलदेखि पेट्रोलपम्पसम्मको सडक कालोपत्रका लागि ढिलासुस्ती र पर्याप्त बजेटको अभावका कारण सास्ती हुने गरेको अवस्थामा पछिल्लो समय अलपत्र काममा समेत प्रगति भइरहेको छ ।डीपीआर\File

बसपार्कको गुरूयोजनामा टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवन लगायत नमूना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधारसहितको संरचना बनाउन प्रस्ताव गरिएको छ ।

कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोरदोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेको भन्दै जिल्लामा आउने प्रदेश र संघीय सांसदलाई समेत बजेटको माग गरिएपनि सुनुवाई हुन नसकेको स्थानीयबासीको गुनासो छ। बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारीसाधन पार्किङ गरिदाँ कुरूप देखिएको छ । करिव २७ रोपनी क्षेत्रफलमा बसपार्क फैलिएको छ ।

Leave a Reply