म्याग्दीको मंगला गाउँपालिकामा सुनौलो हजार दिनका आमाले पोषण पाएका छन् । सुनौलो हजार दिनको अवस्थामा पोषणको अतिआवश्यक पर्ने पोषण, लत्ताकपडाको अभावमा आमा र बच्चाको स्वास्थ्यमा आउन सक्ने समस्यालाई मध्यनजर गरी सञ्चालन गरिएको ‘उपाध्यक्षसँग हजार दिनका सुत्केरी आमा’ अभियानमार्फत वितरण गरिएको हो ।

बुधबार गाउँपालिकाको वडा नं ३ मा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले हजार दिनका आमा र बच्चालाई विशेष ख्याल गर्ने गरी अभियान सञ्चालन भइरहेको बताईन् । ‘पोषणयुक्त खानासँगै सचेतनामुलक कार्यक्रमलाई समेत अगाडी बढाएका छौ,‘आमा र बच्चाको सुरक्षामा आवश्यक पर्ने सहयोगका लागि प्रतिबद्धत छौ’ उपाध्यक्ष केसीले भनिन् ।

हजार दिनको अवधिमा बच्चाको बृद्धिविकास धेरै हुने भएकाले स्याहारसुहार, सरसफाई, खानामा ध्यान दिन अनुरोध समेत गरिएको उपाध्यक्ष केसीको भनाई छ । सोही अवसरमा वडा अध्यक्ष कविन्द्र रोकाले पोषण सुधारका लागि उत्प्रेरणा जगाई पोषिलो खानेकुराको उपभोगमा वृद्धि ल्याउने बताए ।

यता ‘उपाध्यक्षसँग हजार दिनका सुत्केरी आमा’ कार्यक्रमले महिलालाई जनप्रतिनिधिसँग जोड्न सजिलो भएकाले यसलाई सबै वडामा नियमित तथा उक्त अभियानमा महिलाको गुनासो र आवश्यकतालाई समेत समेटेर आगामी बर्ष थप योजना सहित अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ । महिलालाई आजआर्जनसँग जोड्ने गरी स्वास्थ्य र पोषण अवस्था सुधारका लागि गुरुयोजना निर्माण गरिने छ । पा

Leave a Reply