बेरोजगार भएर घरमै बस्नुभएको छ ? ढुक्क हुनुहोस् अव तपाईले आफ्नो गाउँघरमा काम गर्ने गरी निश्चित समयका लागि सरकारले रोजगारी दिने भएको छ। राष्ट्रिय जनगणनाका लागि म्याग्दी जिल्लामा गणक तथा सुपरीपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहको ४५ वडामा करारमा गणक तथा सुपरीवेक्षक भर्ना आवेदन आव्हान गरिएको कार्यालय प्रमुख घनश्याम सापकोटाले बताए ।‘आफ्नै गाउँमा बसेर काम गर्ने अवसर छ,‘योग्यता पुगेकाले अवसरको सदुपयोग गर्नुहोला’ प्रमुख सापकोटाले भने ।

उनका अनुसार जिल्ला भित्रका सबै वडाको घरदैलोमै पुगेर तथ्याङ्क संकलन सहितका विवरण लिन गणक १ सय ८२ र सुपरीपेक्षक ४२ जनाका लागि अनलाइनमार्फत् दरखास्त आह्वान गरिएको बताए । गणकले १२ कक्षा र सुपरीपेक्षकले स्नातक तह उत्र्तिणा गरेको हुनुपर्ने कार्यालय प्रमुख सापकोटाको भनाई छ ।

गणकले १५ दिन सेवा गरेबापत २६ हजार २ सय र सुपरीपेक्षले २० दिनको ५६ हजार ४ सय सुविधा पाउने जनाइएको छ । सुपरीपेक्षले २० दिन घरपरिवार सूचिकरण र गणकहरु गरणा गरिरहदाँ साथै रहनुपर्ने छ । दरखास्तका लागि केन्दीय तथ्यांक विभागको वेवसाइट तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइटमा गएर भर्न सकिनेछ ।

गणक र सुपरीवेक्षक स्थानीयलाई प्राथमिकता दिइएकाले स्थानीय तहमा समेत सुचना गरिएको छ । तथ्याङ्क संकलनका लागि गणक एकपटक हरेक घरधुरीमा पुग्नुपर्ने छ भने सुपरीवेक्षक दुईपटक प्रत्येक घरमा पुग्नुपर्ने भएकाले पनि सेवासुविधा धेरै भएको राष्ट्रिय जनगणनाका लागि म्याग्दीले जनाएको छ ।

यसपटक मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत गणना गरिनेछ । अघिल्लो जनगणनामा भन्दा यसपटक थप प्रश्नहरु राखिएकाले गणकलाई आवश्यक तालिममै प्रष्ट सहित विवरण ल्याउन सक्ने बनाउने कार्यालयले जनाएको छ। वडा कार्यालयमा गएर सामुदायिक प्रश्नावली भर्नेछन् । सामुदायिक प्रश्नावलीले नागरिकको सरकारी सेवा सम्बन्धि पहुँच र विपत्त सम्बन्धि जानकारी प्राप्त हुन्छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने भएकाले सकेसम्म क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई अवसरको सदुपयोग गर्न अनुरोध सहित म्याग्दी बहुमुखी क्याम्पसमा समेत पुगेर अभियानका बारेमा जानकारी गराइएको छ।गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्यांक संकलनका लागि जिल्लादेखि वडासम्म चार तहको समिति समेत बनाइएको छ ।

यो लिंकमा गएर आवश्यक कागजात अपलोड गर्नुहोस्: राष्ट्रिय जनगणना,  २०७८ का लागि गणक तथा सुपरीपेक्षक पदमा दरखास्त 

थप जानकारीका लागि: टोल फ्रि नं ११७८

Leave a Reply