शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन भएका छन् । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ ।

बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी जिल्लामा शिक्षकको आन्दोलन र अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए ।

उनले पेशागत हकहितका लागी संघमार्फत जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह भएको बताउँदै आगामी दिनमा समेत शिक्षकलाई प्रोत्साहनका कार्यहरुलाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नवनिर्वाचत अध्यक्ष खत्रीले उपाध्यक्ष पदमा रहेर काम गर्दा निर्वतमान अध्यक्ष सुबेदीबाट भएको संस्थागत गतिविधिलाई निरन्तरता दिदैं शिक्षकको अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय माविमा कार्यरत खत्रीले अन्य पेशागत संघसंस्थासँग मुद्धाका आधारमा सहकार्य गर्ने तथा शिक्षकलाई प्रोत्साहन सहित अभिनन्दनका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताए।

Previous articleक्षत्री समाज म्याग्दीको अध्यक्षमा लक्ष्मी केसी
Next articleमाधव पक्षको यूवा संघ केन्द्रिय उपाध्यक्षमा म्याग्दीका विश्वकर्मा चयन