म्याग्दी, ९ चैत । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीले म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ७ मंगलघाट स्थित डेरा गरी बस्ने २१ बर्षका साजन सेरपुन्जाको कोठामा चेकजाँच गरि लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रनाउ श्याम कुमार राईले जानकारी दिनुभयो । उहाँले सेरपुन्जाको कोठाबाट डाईजापाम–९९ एम्पुल, फेनारागन–९९ एम्पुल र नोफिन–९९ एम्पुल गरि जम्मा २९७ एम्पुल लागु औषध बरामद गरिएको बताउनुभयो ।

प्रहरीले लागु औषध सहित सेरपुन्जालाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply