म्याग्दीको मालिका गाउँपालिका–७ बिम नौरुङका पहिरोपीडित ओमप्रसाद दर्जीले नयाँवर्षको उपहार नयाँघर पाउँदैछन् । गएको असारमा घरमाथिबाट खसेको पहिरोले घरखेत बगाएपछि छिमेकीको आश्रय लिएका उनले नयाँघर उपहार पाउने भएपछि घर बनाउने ठाउँमै पुगेर दिनभर सघाउँछन् ।

परिवारमा ८ जना सदस्य रहेका दर्जीले घर बनेपछि मात्रै नियमित ज्याला मजदुरीमा फर्किने साँेच बनाएका छन् ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितलाई सुरक्षित स्थानमा बनाइरहेको नयाँ घर अन्तिम चरणमा पुगेको छ । पहिरोले विस्थापित भएपछि छिमेकी र अस्थायी टहरोमा बिताइरहेका पीडितलाई विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना अन्तर्राष्ट्रियले नयाँ वर्षको उपहार स्वरुप घर दिने तयारी गरेको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरुमध्ये जिल्लाभर ४० घरको जिम्मा मोनाले लिएको थियो ।

जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय प्रशासन र पालिकासँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारको घर बनाइरहेको मोना अन्तर्राष्ट्रियका उपाध्यक्ष सुर्जे भट्टचनले बताए । ‘नयाँ वर्षमा मोनाले पीडितलाई घर उपहार दिन्छ, निर्माणधिनको अवस्था हेर्न स्थलगत अनुगमनमा छौ,’ उपाध्यक्ष भट्टचनले भने । उनले पहिरोले ढलाएको घर ठडाउन विभिन्न मुलुकमा रहेका म्याग्देली सहित नेपालीले सहयोग गरेको बताए । भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघले बनाएको ’एनआरएन नमूना बस्तीका बारेमा निरन्तर बहस चलिरहेको अवस्थामा मोनाको पुर्नवास अभियानलाई विश्वभर रहेका नेपालीले चासोपूर्वक हेरिरहेकाले मापदण्ड र गुणस्तरीय कामलाई प्राथमिकता दिएको उनले बताए ।

निर्माणधिन अवस्थामा रहेका घरहरुको मोनाले पटकपटक अनुगमन समेत गरेको छ । मोनामा आवद्ध भई विभिन्न देशमा रहेका म्याग्देलीले समेत विभिन्न माध्यमबाट पुर्नबास अभियानका बारेमा जानकारी लिने गरेको पाइएको छ । रघुगंगा गाउँपालिका–५,झिँबाट सुरु भएको पुर्नवास अभियानमा मोना हङकङका पूर्व अध्यक्ष एवम् पुर्नवास कार्यदलका सदस्य दल शेरबुजाको नेतृत्वमा टोली खटिएको छ । एकिकृत बस्तीमा पीडितले गोलाप्रथाको आधारमा घर पाउने छन् ।

No description available.

जग्गा भएकालाई आफ्नै रोजाईमा र नभएकालाई एकिकृत बस्ती बनाएर घर बनाउँदै गरेको मोनाले एउटा भान्छा कोठा सहित तीनकोठे घर बनाइदिएको छ । घर भूकम्प प्रतिरोधी क्षमताको हुने र घरको लागत ५ लाख रुपैयाँ परेको छ । ‘मोनाको पूर्नवास अभियानले विश्वमा म्याग्देलीलाई थप काम गर्ने वातावरण बनाउँछ,‘यो सुरुवात हो, अन्तिम होईन्’ मोनाका कार्यदल सदस्य शेरवुजाले भने । ‘सबैतिर एकसाथ निर्माणकार्य अगाडी बढेको छ, ‘पीडितहरुमा खुसीयाली छाएको छ’ शेरबुजाले भने ।

धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर निर्माण गरिने भएको छ । स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सघाइरहेको छ । बिम र मराङमा स्थानीय समुदायको पहलमा संकलित रकमले जग्गा ब्यवस्थापन गरिएको र पालिकाले जग्गामा घर निर्माण गर्न सम्याउन सघाएकाले सहज भएको थियो । म्याग्दीमा यूवा निर्माण व्यवसायी दुर्गा बुढामगरले स्थानीय र बाहिरबाट समेत कामदार लगेर घर बनाइरहेका छन् । हालसम्म ३३ वटा घर तयारी अवस्थामा पुगेको छ । मोनाको टोलीले मापदण्ड अनुसारको घर बनाउन स्थानीय समुदायलाई समेत अनुगमन तथा पीडितलाई समेत निर्माण क्षेत्रमा खटाएको छ । गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए।

सरकारको अनुदान अझै ढिलाई  

म्याग्दी जिल्लाभर ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । मोनाले ४० घरको जिम्मा लिएपनि बाँकी पूर्णरुपमा विस्थापित भएकालाई स्थानीय, प्रदेश र संघीय सरकारमार्फत बनाउने प्रतिबद्धता जनाएपनि हालसम्म निर्माणकार्य सुरु भएको छैन् । पूर्णरुपमा विस्थापित भएकालाई नेपाल सरकारले ५ लाख अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो ।

राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यबिधी–२०७७ तयार भएसँगै म्याग्दीका पूर्ण विस्थापितले पुर्नवास अभियानमा ५ लाख र आंशिक र समान्य क्षती भएकाले मर्मत सम्भारका लागि ५० हजार नगद प्राप्त गर्ने कार्यबिधि अनुसार प्रक्रिया सुरु भएको स्थानीय जनप्रतिनिधिको भनाई छ । कार्यविधिमा हिमाली जिल्लाले ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईमा ३ लाखको दरले अनुदान दिने उल्लेख छ । मोनाले धमाधम बनाउँदै गरेको अवस्थामा सरकारी तहबाट ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित समेत भएका छन् । कार्यविधिमा तोकिएका प्रक्रियाहरु निकै झन्झटिलो छ।

Leave a Reply