????????????????????????????????????

म्याग्दीको सदरमुकाम बेनी मंगलाघाटबाट प्रहरीले ठूलो परिणाममा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। रघुगंगा गाउँपालिका–६ कोटगाउँ घर भई मंगलाघाटमा कोठा भाडामा लिएर बस्दै आएका २१ बर्षिय युवा साजन शेरपुञ्जालाई लागुऔषध सहित पक्राउ गर्दा उनी नसामा थिए ।

सुराकीको आधारमा शेरपुञ्जाको कोठामा पुगेको प्रहरीको टोलीले २९७ थान लागु औषधसहित नियन्त्रणमा लियो । सोमबार प्रहरीले नियन्त्रणमा लिएको शेरपुञ्जालाई मंगलबार प्रहरीले सार्वजनिक गर्दा समेत नशामै लठ्ठ थिए ।

शेरपुञ्जाबाट प्रहरीले बरामत गरेको परिमाण अहिलेसम्म म्याग्दीमा फेला परेको धेरै लागु औषधमध्ये एक हो । पाखापानी घर भएपनि कुहुँ आफन्तकोमा बसेर माध्यामिक तहको पढाई गरेका शेरपुञ्जाको हाउभाउ र बरामद गरिएको लागु औषधको अवस्था हेर्दा उनी लागु औषधको मालिक जस्तो देखिदैन् ।

बेनीमा लागुऔषधका प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको अवस्थामा शेरपुञ्जा नै कारोबारी हुन वा भरियाको रुपमा प्रयोग गरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कारोबारीले नै लागुऔषधको सेवन गरेको अवस्थामा भेटिएकाले बिक्री केन्द्र बनाएर प्रयोगमा समेत सघाइरहेको हुनसक्ने अनुमान समेत गरिएको छ ।

प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले शेरपुञ्जाले लागुऔषध ओसार पोसार र प्रयोग गर्ने गरेको सुराकीको आधारमा उनकै कोठाबाट उक्त परिमाणको आगुऔषध सहित एक थान ल्यापटप समेत बराबद गरिएको बताए । शेरपुञ्जाको कोठाबाट ९९÷९९ एम्पुल डाइजापाम, फेनरगन र नुरफिन बरामद गरेको छ ।

शेरपुञ्जाको साथबाट बरामद भएको यो लागुऔषधको परिणाम जिल्लामा अहिलेसम्मकै ठुलो रहेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि शेरपुञ्जा माथि अनुसंधान प्रकृया अघि बढाएको छ । यसअगाडी समेत पटकपटक मंगलाघाट क्षेत्रबाट लागुऔषध भेटिएको छ ।

आर्थिक हैसियत राम्रो नभएकाहरु नै कारोबारीको रुपमा देखिनुले म्याग्दीमा गिरोह सक्रिय रहेको अनुमान प्रहरीले गरेको छ । प्रयोगकर्तालाई सित्तैमा दिने र खरिद गर्न आउनेलाई प्रयोगकर्तालाई नै प्रयोग गरी बिक्री गर्ने गरेको आधारमा प्रहरीले लागुऔषधको कारोबार गर्ने मुख्य गिरोहको पहिचान गर्ने प्रयासमा रहेको छ ।

प्रहरीलाई शेरपुञ्जाले दिएको नामबाट समेत केही नयाँ तथ्य फेला पर्न सक्ने अनुमान गरिएको छ । म्याग्दीमा ब्राउनसुगर र खैरोहिरोइनको प्रयोगकर्ता र कारोवारकर्ता समेत रहेको अनुमान गरिएको छ । यसपटक प्रहरीले जालो लागु औषधको जालो भत्काउँदै गरी अभियानमा जुटेको बताए ।

Leave a Reply