म्याग्दीमा यस बर्ष २१ जना क्षयरोगका बिरामी घटेका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात २१ जनाको पहिचान भएको छ भने ३ जना गत बर्षका रहेका छन् । गत वर्ष ४६ जना बिरामी फेला परेका थिए ।

गतबर्षकोे तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । उनका अनुसार बेनी नगरपालिकामा ११ जना, धौलागिरीमा एक जना, अन्नपूर्णमा २ जना, मंगलामा ४ जना र मालिकामा ४ जना रहेका छन् भने रघुगंगामा क्षयरोगका बिरामी शून्य रहेको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीले समाजमा क्षयरोगसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेसँगै रोगी पत्ता लाग्नेदर बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कुवँरले समाजमा बहिस्कृत हुने त्रासले अझैपनि खुलेर उपचारका लागि नआउने गरेको बताए ।

उनले क्षयरोगलाई पाप भन्दै तिरस्कृत गर्ने प्रबृत्ती हटेपनि जनचेतनामुलक कार्यक्रम सहित बिरामीको पहिचानमा समेत तिब्रता दिनुपर्ने बताए । स्वास्थ्य संस्थामा क्षयरोगको औषधी निशुल्क पाईने र ६ महिना सम्म नियमित रुपमा औषधी सेवन गरेमा रोग निको हुने भएकाले क्षयरोगका लक्षण देखिएका व्यक्तिहरुले समयमै स्वास्थ्य परिक्षण गर्नुपर्ने र बालबालिकाहरुलाई अनिवार्य रुपमा बिसीजी खोप लगाउनु पर्ने बताए ।

क्षयरोगबाट पिडित भएकाहरुको पहिचान पछि समयमै उपचार गराई नियमित औषधी सेवन गरेकाहरुमध्ये ९७ प्रतिशतको उपचार समेत सफल भएको तथ्याङ्कले देखाएको छ । क्षयरोग लागेका एक व्यक्तिबाट एक बर्षमा कम्तीमा १० जनामा सर्ने खतरा समेत छ ।

दुई हप्ता बढी खोकी लाग्ने, साँझपख ज्वरो र पसिना आउने, खान मन नलाग्ने, छाती दुख्ने, दुब्लाउँदै जाने, खकारमा रगत देखा पर्ने जस्ता लक्षणहरु देखिएमा जुनसुकै व्यक्ति पनि क्षयरोगबाट पिडित भएको हुन सक्ने भएकाले सो लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्नेमा जोड दिए । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र जनगरणा कार्यालयका प्रमुख घनश्याम सापकोटाले बोलेका थिए ।

 

Leave a Reply