डिजिटल प्रविधिको प्रयोग गरी क्षयरोगका बिरामीको निगरानी तथा ब्यक्तिगत अभिलेख राखिने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा ई–टिबि मास्टर रजिस्टर र डीएचआईएस टु सम्बन्धि स्थानीय तह स्तरीय तालिम कार्यक्रम सञ्चालन गरी मोबाइल एपको प्रयोग गरी बिरामीहरुको विवरण राखिने भएको हो ।

निर्देशनालयको स्वीकृत कार्यक्रम अन्तर्गत गण्डकीका सबै जिल्लाभित्र बिरामीलाई दिइने सेवामा सहजता ल्याउने उदेश्यले हरेक स्थानीय तहका स्वास्थ्य सस्थाहरु उक्त सेवा उपलब्ध हुने गरी ई–टिबि सम्बन्धि तालिम सञ्चालन भैरहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले बताए ।

‘अहिलेसम्म विवरण राख्ने अभ्यासलाई निरन्तरता दिदैं डिजिटललाई प्राथमिकता दिन्छौ’ उनले भने । उनले डिजिटल प्रविधिको प्रयोग गरी संकलन गरिएको तथ्याङ्कमा एकरुपता तथा विरामीको पहिचान र उपचारमा समेत सघाउने बताए । क्षयरोगका बिरामीहरुले समयमै उपचारको अभावका कारण समस्या भोग्दै आइरहेको अवस्थामा नयाँ प्रविधिको प्रयोगले सहज हुने स्वास्थ्यकर्मीको भनाई छ ।

स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको अध्यक्षतामा सुभारम्भ भएको तालिम कार्यक्रम स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ निरीक्षक लक्ष्मण बसौला, तथ्यांक अधिकृत दिवाकर शर्मा, सेभ द चिल्ड्रेन मार्फत गण्डकी परदेशको लागि टिबिकोअडिनेटर वर्षा थापा र प्रयोगशाला अधिकृत सुजन ढुङ्गेल लगायतको सहजिकरण गरिरहेका छन् ।

दुई दिन सम्म सन्चालन हुने उक्त तालिममा म्याग्दी र मुस्ताङ जिल्लाका स्थानीय तह र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको छ । म्याग्दीमा यसबर्ष २१ जना क्षयरोगका बिरामी पहिचान भएको थियो ।

Leave a Reply