नेपालको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन-३’ को ‘ब्लाइन्ड अडिसन’ मा गोविन पुनले सफलता प्राप्त गरेका छन् ।

म्याग्दी मंगला गाउँपालिका वडा नं ३ सातविसे स्थायी घर भई हाल बुटवलको सैनामैना बस्ने पुन व्याटल राउण्डमा प्रतिस्पर्धा गदैछन् । रियालिटी शो मा पहिलोपटक पुगेका पुनले ‘ब्लाइन्ड अडिसन’ हतारिदैं बतासिदैं गीतमा दमदार प्रस्तुती दिएका थिए ।

बि.स २०५६ सालदेखि सांगितिक क्षेत्रमा रुचीसँगै स्थानीयस्तरमा प्रतिस्पर्धा गरेका पुनले बुटवल आसपासका क्षेत्रमा हुने सांगितिक कार्यक्रममा प्रस्तुती दिदै आएका थिए । सन् २०१४ मा रिबेल क्रियसनबाट ‘जब कोही थिएन’ नामक म्यूजिक भिडियो बजारमा ल्याएका पुनले ‘दि भ्वाइस अफ नेपालमा आफ्नो क्षमता र मेहनलाई खुलेर देखाउने बताए।

‘यो मेरो लागि ठूलो अवसर हो,‘सांगितिक क्षेत्रमै लाग्ने गरी अगाडी बढेको छु, सबैतिरबाट मायाँ पाएको पहिलो अनुभव पनि हो’ पुनले बेनीअनलाइनलाई भने । उनले व्याटल राउण्डमा प्राप्त हुने सफलता मिलेमा त्यसले आगामी सांगितिक यात्रालाई थप बलियो बनाउने बताए ।

बुटवलमा बसोबास गदैं आएका पुन स्वर्गीय टेकबहादुर पुन र देवकुमारी पुनका कान्छा छोरा हुन् । ‘दि भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण भैरहेको छ ।

Leave a Reply