म्याग्दी जेसीले एक कार्यक्रम गरी फागु अर्थात् होली पर्व मनाएको छ । जेसीजको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्वअध्यक्ष विनय श्रेष्ठ,पूर्वअध्यक्ष कमल विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

यो वर्ष पनि कोरोना भाइरसको प्रभावले गर्दा फागुपर्वमा भेला भएर होली नखेल्न सरकारले आग्रह गरेकाले नियमित कार्यक्रमका रुपमा शुभकामना आदानप्रदान सहित मनाइएको शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय म्याग्दीले भेला भएर, भीड जम्मा गरेर होली नखेल्न भनिसकेको अवस्थामा सचिवालयमा कार्यक्रम गरिएको बताए । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

गतबर्षजस्तै यसबर्ष पनि कोरोनाको जोखिमलाई मध्यनजर गरी बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न अनुरोध गरिएको छ ।

Leave a Reply