पश्चिम बाग्लुङको बडिगाड गाउँपालिका-  १० साबिक दर्लिङ्ग गाविसको बल्डेधुरी (लेक) मा मनाइएको होली विशेष कार्यक्रम (मेला) मा आइतबार भएकाे ‘ग्याङ्ग-फाइट’ युवतीकाे विषयलइ लिएर भएकाे बताइएकाे छ ।प्रत्यक्षदर्शीका अनुसार युवतीलाइ जबरजस्ती रूपमा अबिर दल्ने क्रममा ‘ग्याङ्ग-फाइट’ भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरका अनुसार दर्लिङ्ग र राजपुतका युवाहरूबीच झडप भएको हाे । साे क्रममा दुई जना युवाको ज्यान गएको पुष्टि भइसकेकाे छ ।र, कुटपिटमा संलग्न ३ जना फरार रहेकाे प्रहरीकाे भनाइ छ । बेपत्ता भनिएका व्यक्तिहरू भने अहिले सम्पर्कमा रहेका छन् ।

घटना स्थल हुलदङ्गाको अखडा मानिँदै आएको छ । गुल्मी, प्युठान र बाग्लुङकाे सङ्गम स्थल दर्लिङमा होली पुर्णिमाको दिन बर्षेनी घरबाटै घरेलु मदिरा लगेर नाचगान र रमाइलो गर्ने गरिन्छ । बडिगाड गाउँपालिकाको केन्द्र खाराबाट करिब २५ किलोमिटर दुरी र गुल्मीको सदरमुकाम तम्घासबाट ४२ किलोमिटर दुरीमा पर्ने त्यस स्थानमा दलित र जनजातिको बाहुल्य रहेको छ ।

बडिगाड गाउँपालिका-  १० वडाध्यक्ष वीरेन्द्र बुढाका अनुसार अनुसार ग्याङ-फाइटका क्रममा मृत्यु हुनेमा निशिखोला गाउँपालिका- ७ साबिक राजपुत गाविसका  ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक परियार रहेका छन् ।

Leave a Reply