छवि आचार्य\ म्याग्दी प्रचुर पर्यटकीय सम्भावना बोकेको छ । कोरोना भाइरसको जोखिमसँगै एकबर्ष यता म्याग्दीका पर्यटकीयस्थल करिब सुनसान जस्तै छन् । सदरमुकाम बेनीबजारदेखि विश्वकै सातौं अग्लो धौलागिरी हिमाल, उत्तरी क्षेत्रमा रुप्से झरना, नारच्याङ झरना, घोरेपानी, पुनहिल जस्ता विश्वमै चर्चित पर्यटकीयस्थलमा अहिले विदेशी पर्यटकको संख्या करिब सुन्य जस्तै छ ।

लकडाउनका कारण सिथिल बनेको म्याग्दी जिल्लाको पर्यटन आन्तरिक पर्यटकहरुको चहलपहलले बिस्तारै उकालो लाग्दै जान थालेपछि पर्यटन ब्यवसायीमा भने केही राहत महसुस भएको छ । गत चैत्र देखि गरिएको लकडाउनका कारण पर्यटन ब्यवसाय निकै शुन्य भैरहेको थियो।

सरकार द्वारा लकडाउनको अन्त्य र कोभिडको भ्याक्सिनको बिकास सङ्गै घुम्न आतुर पर्यटकहरुलाई र पर्यटन ब्यवसायीहरुले केहि भने पनि राहत महसुस गरेका छन।म्याग्दिका देश बिदेशमा परिचित सुन्दर प्राकृतिक एबम सस्कृतिक पर्यटकीय स्थलहरुमा आजकल पर्यटकहरुको चहलपहल बड्दो छ।

साथै उक्त क्षेत्रका होटल ब्यवसायी लगायत पर्यटकहरुमा निर्भर ब्यवसायीहरुको ब्यवसायिक ब्यस्तता पनि बड्दै गएको पर्यटन ब्यवसायीहरु बताउछन। उनिहरुका अनुसार बाह्य पर्यटकहरु न्युन मात्रमा आउदै गर्दा आन्तरिक पर्यटकहरुको भने उल्लेखनीय रुपमा वृद्धि भएको छ।

केहि बर्ष पहिला सम्म बिदेशी पर्यटकहरुमा भरमा चलिरहेको पर्यटन ब्यवसाय अहिले नेपालीहरुको पनि नेपालमै घुम्ने परम्पराको बिकास हुदै गर्दा बिदेशी भन्दा आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि हुदै गैराखेको छ। आन्तरिक पर्यटकहरुको वृद्धि हुनुमा सामाजिक संजालमा हुने प्रचार प्रसारले महत्वपूर्ण भुमिका खेलेको पाइन्छ।

Leave a Reply