वैदेशिक रोजगारीमा गएका म्याग्देली विश्वभर फैलिरहेको कोरोना त्रास व्यहोरीरहेका छन् । कोरोनाको जोखिमले एकबर्षसम्म रोजगारीबाट बन्चित भई घरमै बसेका म्याग्देलीलाई संक्रमणबाट जोगिनुपर्ने चिन्ता एकाितिर छ भने अर्काे तर्फ मातृभूमिमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा सहयोग गर्नुपर्ने बाध्यता पनि उस्तै छ ।

कोरोनाको त्राससँगै जन्मभूमिमा बाढीपहिरोले पु¥याएको क्षतीले पनि निकै चिन्तित छन् । जोखिम मोलेरै भएपनि आफ्नो सहयोगी मन र भावनालाई एकाकार गदै बाढीपहिरोबाट विस्थापित म्याग्देलीको पुर्नबास अभियानमा सक्रिय छन् ।

आफ्नो जन्मभूमिमा बाढीपहिरोले विस्थापित भएकाले सधै दुः खद क्षणको सामना गर्नु नपरोस् भन्दै प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियमार्फत बन्न लागेका घरलाई अन्तिम रुप दिइरहेका छन् । विश्वभर रहेका म्याग्देली मनहरु एकै ठाउँमा जुटी नयाँ बर्षमा विस्थापितलाई उपहार स्वरुप घर दिने तयारीमा छन् ।

०७७ असार महिनाको अन्तिम साता पहिरोले विस्थापित भएपछि छिमेकी र अस्थायी टहरोमा बिताइरहेका पीडितलाई धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर बन्दैछन् । जिल्ला विपद् ब्यवस्थापन समिति,स्थानीय प्रशासन र पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारको घर बनाइरहेको छ ।

पहिरोले ढलाएको घर ठडाउँन विश्वभरबाट म्याग्देलीको अभियान साथ दिइरहेका छन् । मोनाले एक वटा भान्छा कोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हुने घरको लागत ५ लाख खर्चिएको छ ।

यो अभियानमा मोनाको तर्फबाट दल शेरबुजा अहोरात्र खटिरहेका छन् भने म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले पनि साथ दिइरहेको छ । प्रवासीले आफ्नो जिम्मेबारी पुरा गरिरहदाँ सरकारी अनुदानबाट भने अहिलेसम्म घर बन्ने सुरसार छैन् ।

८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । मोनाले ४० घरको जिम्मा लिएपनि बाँकी पूर्णरुपमा विस्थापित भएकालाई स्थानीय, प्रदेश र संघीय सरकारमार्फत बनाउने प्रतिबद्धता जनाएपनि हालसम्म निर्माणकार्य सुरू भएको छैन् ।

पूर्णरुपमा विस्थापित भएकालाई नेपाल सरकारले ५ लाख अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणको कार्यबिधी–२०७७ तयार भएसँगै म्याग्दीका पूर्ण विस्थापितले पुर्नबास अभियानमा ५ लाख र आंशिक र समान्य क्षती भएकाले मर्मत सम्भारका लागि ५० हजार नगद प्राप्त गर्ने कार्यबिधि अनुसार प्रक्रिया सुरु भएको जनाएपनि देखिने काम भएको छैन् ।

मोनाले धमाधम बनाउँदै गरेको अवस्थामा सरकारी तहबाट ढिलासुस्ती भएको भन्दै पीडित आक्रोशित छन् । प्रवासी म्याग्देलीले जिल्लामा करोडौं बराबरको सहयोग गरेका छन् । शिक्षा, स्वास्थ्य, विपन्नको उपचारसँगै आफ्नो गाउँठाउँमा पुग्ने सडक लगायतका विकास निर्माणका क्षेत्रमा पनि प्रवासी म्याग्देलीको ठूलो सहयोग गरेको छ ।

सरकारी अनुदानलाई समयमै उपलब्ध गराउन सकेमा अबको बर्खामा बाढीपहिरो पीडितले विस्थापित जिवन विताउनुपर्ने थिएन् । मातृभूमिमा आइपर्ने विपत्तिहरुमा मोनाले खेलेको भूमिका म्याग्दीको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ । बेनीअनलाइन प्रालिको तर्फबाट मोनाका अभियान्ताहरुलाई मुरीमुरी धन्यवाद । बेनी साप्ताहिक समाचारपत्रबाट

Leave a Reply