---Advertisement---

क्यान्सरग्रस्त कार्कीको उपचारमा पूर्व विद्यार्थीले झण्डै २४ लाख सहयोग

On: March 31, 2021 1:16 PM
Follow Us:

मुखमा क्यान्सर भएपछि काठमाण्डौ क्यान्सर सेन्टरमा उपचारर्थ जनप्रिय मावि दरबाङकका पूर्व प्रधानाध्यापक बिरबहादुर कार्कीको उपचारमा पूर्व विद्यार्थीहरूले करिब २४ लाख आर्थिक सहयोग गरेका छन् ।

संसारभरी विभिन्न देशमा छरिएर रहेका पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा अवस्थित विद्यालयका पूर्व विद्यार्थीले कार्कीलाई उपचार स्वरुप २३ लाख ७५ हजार ३९६ रुपैयाँ उपचारमा सहयोग गरेका हुन् ।

पश्चिम म्याग्दीको शैक्षिक अभियान्ता र सयौं विद्यार्थीलाई आफ्नो ज्ञान बाढ्ने शिक्षक मुखभित्र भएको क्यान्सरका कारण अस्पतालमा थलिएको समाचार सुनेर चिन्तित विद्यार्थीले सम्मान स्वरुप उक्त सहयोग गरेको अमेरिकबाट रमेश तुलाचनले बताउनुभयो ।

‘हाम्रो लागी उहाँ जिउँदो भगवान हुन्, जीवनभर शिक्षण पेशामा लागेर धेरैलाइै शिक्षा दिनुभयो, उपचारमा आर्थिक अभाव भएर नभई यो विद्यार्थीको तर्फबाट सहयोग हो’ तुलाचनले भन्नुभयो । म्याग्दी जिल्लामा कार्कीले शैक्षिक गतिविधिसँगै लोकसंगीतको जर्गेनामा समेत ठूलो योगदान दिनुभएको छ ।

उहाँ म्याग्दीको पुरानो पुस्ताको गायक समेत हुनुहुन्छ । जनप्रिय माविमा अध्ययन गरेका विद्यार्थीलाई अध्यापनको क्रममा पूर्व प्रअ कार्कीले दिने गरेको हौसलाकै कारण स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा सफल भएको बताउँदै पूर्व विद्यार्थीले उपचारमा प्रोत्साहन गर्न समेत अपिल गरेका छन् ।

अभियानमा अमेरिकाबाट ९ लाख ५७ हजार ७१६, बेलायत, जापान र दक्षिण कोरियाबाट १४ लाख १७ हजार ६७० सहयोग हस्तान्तरण गरिसकिएको छ ।कार्र्कीका परिवारले उपचारमा आर्थिक जुटाउन सक्ने अवस्था भएपनि पूर्व विद्यार्थीले सहयोग नभई प्रोत्साहन भएको जनाएका छन् ।

हाल जनप्रिय मावि ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका कार्कीेले शैक्षिक, गायनका क्षेत्रमा दर्जनौं सम्मान प्राप्त गर्नुभएको छ भने राजा बीरेन्द्रबाट गोदवाद्वारा सम्मानित समेत हुनुभएको थियो ।

करिब २ महिनादेखि सेन्टरमा मुखको क्यान्सर अर्थात् जिब्रोमुनिको भाग, गालाको भित्री भागमा भएको क्यान्सरको उपचार भइरहेको छोरा विकल कार्कीले जानकारी दिनुभयो । मुखमा क्यान्सर विषेशगरी निकोटिनयुक्त पदार्थ सेवन गर्नेमा हुन्छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।