अहिले वायु प्रदूषणले देश तथा विदेशमा पनि प्रभाव पारेको छ । दूषित हावाका कारण हामीले विभिन्न स्वास्थ्य समस्याहरु भोग्नु परिरहेको । यसको प्रत्यक्ष र अप्रत्यक्ष असरले हामी दिन–दिनै विभिन्न रोगका शिकार बन्दै गएका छौं । वायु प्रदूषणका कारण विभिन्न समस्याहरु जस्तै सास, छाला, घाँटी र आँखाका समस्याहरु उत्पन्न भएका छन् । जसमा आँखा पोल्ने समस्या धेरै देखिन थालेको छ ।

वायु प्रदूषणले हाम्रो स्वास्थसँग–सँगै आँखामा पनि नराम्रो असर पु¥याइरहेको छ । यदि तपाईं पनि वायु प्रदूषणका कारणले केवल श्वास–प्रश्वासलाई मात्र प्रभावित पार्छ भन्ने सोच्दै हुन्छ भने तपाईं गलत हुनुहुन्छ । प्रदूषित वायुले आँखालाई पनि प्रभाव पार्छ भन्ने कुरा थाहा पाउनु आवश्यक छ । किनभने खराब वायुले आँखामा विभिन्न समस्याहरु निम्त्याउन सक्छ । जसले गर्दा कर्निया पनि हुनसक्छ ।

आई ड्रपको प्रयोग गर्नुपर्छ

यदि वायु प्रदूषणका कारण तपाईंको आँखामा समस्या उत्पन्न भएको छ भने आँखा विशेषज्ञकहाँ जानु पर्छ । डाक्टरको सल्लाह लिएर आई ड्रपको प्रयोग गर्नुपर्छ ।

कन्ट्याक्ट लेन्स लगाउनु हुँदैन

यदि तपाईंको आँखा पोल्नुको साथ–साथै दुखेको पनि छ भने कन्ट्याक्ट लेन्स लगाउनु हुँदैन । आँखाको समस्या भएको समयमा आई मेकअप पनि गर्नु हुँदैन ।

आफैं उपचार गर्नु हुँदैन

आँखा रोग विशेषज्ञको परामर्शबिना आँखाको कुनै पनि किसिमको घरेलु उपचार गर्नु हुँदैन । आँखामा समस्या हुँदा आफैंले उपचार गर्दा आँखाको समस्या झन् बढ्नुको साथै आँखालाई नोक्सान पनि पु¥याउनसक्छ ।

हात सफा राख्नुपर्छ

प्रायः मानिसहरुको आँखालाई बारम्बार हातले छोइरहने बानी हुन्छ । तर, तपाईं सार्वजनिक स्थानमा भएको समयमा स्वच्छतामा विशेष ध्यान राख्नु आवश्यक छ । आफ्नो हातलाई बारम्बार धुनुपर्छ ।

चश्मा लगाउनुपर्छ

यदि तपाईं कुनै कामले बाहिर जाँदै हुनु हुन्छ भने आँखाको सुरक्षाको लागि चश्मा लगाउनुपर्छ । चश्माले आँखामा धुलो, माटो अथवा दूषित हावाको सम्पर्कमा आउनबाट बचाउँछ ।

आँखालाई आराम दिनुपर्छ

स्क्रिन डिभाइस जस्तै मोबाइल फोन र ल्यापटपको प्रयोग लामो समयसम्म गर्नु हुँदैन । आँखाको थकान, ड्राई आईज र कम्प्यूटर भिजन सिन्ड्रोमबाट बच्नका लागि आँखालाई पर्याप्त आराम दिनुपर्छ ।

शरीरलाई हाइड्रेट गर्नुपर्छ

धेरै पानी पिउनुपर्छ, जसले तपाईंको शरीरलाई राम्रोसँग हाइड्रेटेड राख्छ । यी कुरा त्यो बेला अझ बढी महत्वपूर्ण हुन्छ । जब बाहिरी कारक जस्तै केमिकल तथा धुवाँ तपाईंको ड्राई आईजको लागि खतरा बन्छ ।वायु प्रदूषणबाट आँखालाई सुरक्षित राख्नको लागि स्वस्थ खाना खानुपनि अति नै आवश्यक छ । त्यस्तो खानेकुरा जसमा फलफुल र तरकारी पर्याप्त मात्रामा समावेश हुन्छ ।

विशेष गरेर आफ्नो डाइटमा गाजरलाई समावेश गर्नुपर्छ । किनभने गाजर आँखाका लागि अति नै फाइदाजनक छ । त्यसमा भिटामिन ए भरपुर मात्रामा पाइन्छ । भिटामिन ए आँखालाई स्वस्थ राख्नका लागि अति नै राम्रो मानिन्छ ।यदि तपाईंको आँखा वायु प्रदूषणको कारणले पोलेको छ भने माथि उल्लेखित जानकारीहरुलाई ध्यान दिनुपर्छ । Source: onlinekhabar

Leave a Reply