यतिबेला म्याग्दीका डाँडाहरू गुराँसले रंगीबिरंगी देखिन थालेका छन्। गुराँसे जंगलमा ढकमक्क गुराँस फुलेको छ । रातो, सेतोलगायत विभिन्न प्रजातिका गुराँसले आफ्नो सौन्दर्य छरिरहेका छन्।

कोरोना भाइरसको जोखिमले अघिल्लो बर्ष गुरासँ हेर्न जाने समेत कोही भएनन्, यसबर्ष कम हिमपात भएकाले प्रयाप्त गुराँस नफुलेपनि आन्तरिक पर्यटकलाई आर्कषित गरिरहेको छ । कोरोनाको दोस्रो लहरका बीच पनि भीरदेखि पाखासम्म गुराँससँग रम्नेहरु हिजोआज भिडभाड देखिने गरेको छ ।

गुराँसका थुँगाहरु समात्दै गरेका तस्वीरहरु सामाजिक सञ्जालमा छरपष्टै छ । म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानी, पुनहिल आसपासमा गुराँसको ठूलो जंगल छ ।समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै गुराँसको जंगलमा पुगेर लामो समय विताउनेहरु भेटिन्छन् । त्यहाँ पुगेका अधिकांसलाई यो सिजनमा गुराँसले स्वागत गर्ने गरेको छ । म्याग्दीको बेनी नगरपालिका सहित सबै स्थानीय तहका बनजंगलमा गुराँस फुल्ने गरेको छ । म्याग्दीमा ३३ प्रजातिको गुराँस पाइने बताइएको छ ।

तस्वीर सौजन्य छवि आचार्य

Leave a Reply