एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँपालिकाले विभिन्न विषयमा ध्यानार्कषण गराउँदै मंगला गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

गाउँपालिका भित्र न्यून तलबमा काम गरेका शिक्षकलाई तलबसुविधा बृद्धी, शिक्षा समितिको गठन प्रक्रियालाई ब्यवस्थित, शिक्षक पेशागत संगठनहरुलाई हेर्ने दृष्टिकोणमा एकरुपता, सार्वजनिक शिक्षाका लागी प्रष्ट योजना, दरबन्दी मिलानको क्रमा शिक्षकमैत्री वातवारण लगायत २५ बुँदे ज्ञापनपत्र बुझाइएको मंगला गाउँ कमिटी अध्यक्ष गम केसीले बताउनुभयो ।

‘संगठन र पालिकाबीचको सम्बन्ध बलियो बनाउँदै शैक्षिक क्षेत्रमा समस्या समाधानमा निरन्तर सक्रिय छौ’ अध्यक्ष केसीले भन्नुभयो । उहाँले विगतमा गरिएका सहमतिको पालनासँगै पालिकाभित्र देखिएका शैक्षिक समस्याहरुको सामुहिक समाधानका लागि सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

संगठनका सहसचिव बलिभद्र गौतमको समेत हस्ताक्ष रहेको ज्ञापनपत्रमा सम्रग पालिका भित्रको शैक्षिक समस्या र आवश्यकता रहेको संठनले जनाएको छ ।

Leave a Reply