मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा भइरहेका स्तरोउन्नती । विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले चैत्र १९ गते आजसम्म बन्द गरेपनि सिधा सञ्चालनमा अझै समय लाग्ने देखिएको छ। यसअगाडी चैत्र १७ गते मंगलबार खोल्ने गरी शनिबारदेखि बन्द भएको थियो ।

सडकमा अझै काम बाँकी रहेको बताइएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले दुबै जिल्लाको सिमा क्षेत्रमा पर्ने काभ्रेभिर र कैकुखोलामा बन्द गरिएपछि यात्रुलाई बैकल्पिक पैदलमार्ग हुदैं आवतजावतका गरिरहेका छन् ।

बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ। उत्तरी म्याग्दीको आन्तरिक यातायात सेवामा भने असर पर्ने छैन् । तस्वीर सौजन्य देवी विश्वकर्मा

Leave a Reply