नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिकामा संगठन विस्तार तथा पुर्नगठन अभियानलाई तिव्रता दिएको छ । संगठन विस्तार अभियान अन्तरगत बिहिबार धवलागिरी गापा–४ मुदीमा वडा इकाई, भ्रातृ संस्था नेपाल तरुण, नेपाल महिला संघ र राष्ट्रिय मगर संघको संगठन विस्तार गरेको छ ।

मुदी गाउँमा आयोजित भेलाबाट योगेन्द्र घर्तीको सभापतित्वमा इकाई गठन भएको छ । जसको उपसभापतिमा शेरबहादुर पुन, सचिव बेलबहादुर घर्ती,सह–सचिव तेजिन पुन र कोषाध्यक्ष कुल तुलाचन रहेको १३ सदस्यीस्य समिति गठन भएको छ ।

त्यस्तै नेपाल तरुण दल मुदीको सभापतिमा योगेन्द्र घर्ती, उपाध्यक्षा, हिकमन घर्ती,सचिव रकबहादुर पुन,कोषाध्यक्ष लक्ष्मण तुलाचन सहित ४१ सदस्यीय समिति गठन भएको तरुण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले जानकारी दिए । त्यस्तै उजिर घर्ती मगरको संयोजकत्वमा १३ सदस्य राष्ट्रिय मगर संघ र गममायाँ घर्तीको अध्यक्षतामा ९ सदस्यीय महिला संघ गठन गरिएको छ ।

पार्टी सभापति खमबहादुर गर्बुजाले जिल्लाका सबै भूगोलमा पुगेर जनताका समस्या, आवश्यकता र गुनासोलाई सम्बोधन गर्ने प्रयासमा पार्टी रहेको बताए । ‘हामीले आश्वासन दिएर जनताबाट मत बटुल्ने प्रयास गर्दनौ,‘निरन्तर जनताको माझमै रहेर पार्टीका अभियान सञ्चालन गर्नेछौ’ सभापति गर्बुजाले भने ।

सोही अवसरमा संविधानसभाका सदस्य एवम् निर्वतमान सभापति रेशमबहादुर बानियाँले जनताको बलिदानबाट प्राप्त संविधानलाई समेत च्यात्ने प्रयास भएको बताउँदै संविधानको रक्षाका लागी कांग्रेसले निरन्तर खवरदारी गर्ने बताए ।

कार्यक्रममा पार्टी सचिव मिनबहादुर कार्की, महिला संघ म्याग्दीकी सभापति बिमला गौचन, जिल्ला कार्यसमिति सदस्य बलभद्र ढकाल,मनकुमारी विक क्षेत्रीय उपसभापति मेखबहादुर पुन,राष्ट्रिय मगर संघका धवलागिरी देबेन्द्र रोका, धौलागिरी गाउँपालिका सभापति प्रेम पुन लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा मुदीका विभिन्न बस्तीमा पुगेर जनतामाझमा कार्यक्रम गर्ने समेत नवनिर्वाचित टोलीले प्रतिबद्धता जनाएको थियो । मुदी इकाई सभापति गौबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगेन्द्र मल्लले गरेका थिए ।

Leave a Reply